भक्तपुर, पुस २५ गते
सूर्यविनायक नगरपालिका वडा नम्वर ३ स्थित बालकोटमा खाना पकाउने एलपी ग्याँस बिस्फोट हुंदा एक जना घाईते हुनु साथै भान्साको गाह्रो, सिसा र गाडीको सिसामा समेत क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । स्थानीय रामप्रसाद थपलियाको २.५ तले घरको बाहिर तर्फ भर्याङमा सटाएर बनेको भन्साकोठामा रहेको ग्याँस सिलिण्डरबाट लिक भएको ग्याँस जम्मा भई एक्कासी बिस्फोट हुँदा सो क्षेति भएकोे प्रहरीको प्रांरम्भिक अनुमान छ भने सो क्षेत्रको नेपाली सेनाको बिष्फोट पदार्थ सम्बन्धि हेर्ने युनिट र नेपाल प्रहरीको म्इन् क्भअतष्यल बाट कुकुर ल्याई अनुसन्धान समेत भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी राजु पाण्डेले जनाएको छ । सो घटनाबाट घरधनी थपलियका श्रीमती तारा घले थपलिया सामान्य घाईते भई अस्पतालमा उपचारका लागि लगिएको सुचना अधिकारी पाण्डेले जनाए ।














