भक्तपुर बचतको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
भक्तपुर, ४ भदौ ।
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.व. २०७८।०७९ को वार्षिक समीक्षा कार्यक्रम संस्थाकै सभाहलमा शनिवार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार लक्ष्मी नारायण दुवालले कार्यक्रमको उद्घाटन गर्नुहुँदै राम्रो र सत्य मनले काम गरे संस्था सफल र सबल हुने बताउनुभयो । उहाँले कुनै गल्ती हुँदा ध्वंसात्मक नभइ राय सुझाव दिने गरी आलोचना गर्नु उपयुक्त हुने जानकारी दिनुभयो । साथै समीक्षा कार्यक्रममा समूहगत प्रस्तुती भएका क्रियाकलापलाई लिपिबद्ध गर्नु पर्ने बताउनुहुँदै सबैले निस्वार्थ भावनाले काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
संस्थाका समिति, उपसमिति तथा कर्मचारीहरुले आर्थिक पक्षसँगै देशको राजनीतिक पक्षबारे जानकारी लिइराख्नुपर्ने बताउनुभयो । भारतले सिक्किम र फिजीलाई आफ्नो कब्जामा पार्नका लागि गरिएका सुत्र अहिले नेपालमा प्रयोग गरिरहेकोबारे सचेत हुनुपर्ने बताउनुभयो ।
संस्थाका सदस्य जगनाथ प्रजापतिले संस्थाको वासलात तथा आर्थिक पक्ष, व्यवस्थापक सत्यनारायण साँयजूले संस्थाका प्रगति तथा गतिविधिबारे जानकारी भएको उक्त कार्यक्रममा उपाध्यक्ष निर्मल प्रजापति, सदस्य रामेश्वरी कोजूले पनि बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा समूहगत छलफलबाट आर्थिक पक्षबारे जयराम कोजू, सामाजिक पक्षबारे चन्द्रलक्ष्मी दुवाल, प्रशासनिक पक्षबारे तुल्सीराम प्रजापति, व्यवस्थापन पक्षबारे निरञ्जन प्रजापति, सदस्य सेवा सुविधाबारे रीता दुवालले प्रस्तुतीकरण गर्नुभयो ।
संस्थाको आ.व. २०७८।०७९ को असार मसान्तसम्ममा कूल सम्पत्ति तथा दायित्व ३ अर्ब ४४ करोड ७९ लाख रुपैया रहेकोमा कूल बचत २ अर्ब ८२ करोड ३६ लाख पुगेको संस्थाका व्यवस्थापक सत्यनारायण साँयजूले जानकारी दिनुभयो । उहाँले संस्थाको ऋण लगानी २ अर्ब ९१ करोड ८८ लाख रुपैयाँ, शेयर पूँजी १५ करोड ५ लाख रहेकोमा संस्थाको तरलता भने कूल बचतमा १४.२५ प्रतिशतको दरमा ४० करोड २६ लाख रुपैयाँ रहेको बताउनुभयो । उक्त आ.व. जम्मा ८ हजार ४६ जना सदस्य संख्या रहेको जानकारी गराउनुभयो ।
Featured Posts – Style 1
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...














