भक्तपुरका उपभोक्ताहरुलाई सचेतिकरण
भक्तपुर, पुस २५ गते
उपभोक्ता मञ्च नेपाल भक्तपुरले भक्तपुरका उपभोक्ताहरुलाई भेला गरी उपभोक्ता शिक्षा तथा सरोकारवाला सचेतना कार्यक्रम आयोजना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डौको आयोजनामा भक्तपुरका उपभोक्ताहरुलाई सचेतिकरण गरेका हुन । आलि देखि ठालिसम्म र गोठ देखि ओठसम्म उपभोक्ता सचेत पार्नु परेको उल्लेख गर्दै दशै तिहार जस्तो चाड पर्वमा मात्र नभई बजार अनुगमण कार्यलाई प्रभावकारी बनाउन सरोकारवालाहरुलाई सचेत पार्न उपभोक्ताहरुको भेला आयोजना गरिएको प्रशिक्षक सन्तोष ढकालले जनसंचार खवरलाई जानकारी दिए ।

उहाँले उपभोगिय वस्तुको स्वच्छताका लागि मूल्यमा ठगि तथा कालोबजारी नियन्त्रणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले गर्दै आएको बजार अनुगमणका गतविधिहरु बारे जानकारी दिदै उपाभोक्ताको हक अधिकार र कानुनी उपचारहरु बारे समेत प्रस्तुतीकरण गरी सहभागि उपभोक्ताहरुलाई जागरुक पारेका थिए । कार्यक्रमलाई सहजीकरण गरेको मञ्चका जिल्ला अध्यक्ष मनोज थापाले जताततै उपभोक्ताहरु ठगिन्दै आएको बेला उपभोक्ता आफै सचेत बनाउन उपभोक्तालाई अभिमुखिकरण गरेको बताए । टोलबस्ती तथा शहर बजारमा पाइने उपभोगिय वस्तुको उत्पादन र उपयोग गर्ने अन्तिम मिति, कम्पनिको आधिकारिकता, वस्तुको बनाओट तथा मूल्य बारे आम उपाभोक्ता आफैले जाच्न सकिने गरी प्रशिक्षण पाएकोमा सहभागि उपभोक्ताहरुले अभिमुखिकरण ब्यवहारिक र ज्यादै उपयोगि भएको प्रतिकृया दिएका छन् ।














