७ औ निर्यात दिवस भक्तपुरमा मनाइयो ।
भक्तपुर, पुस २०गते
निर्यात ब्यवसाय प्रवर्धन गरी खस्कन्दो देशको अर्थतन्त्र उकास्न नेपाल निर्यात परिषद्ले भक्तपुरमा ७ औं निर्यात दिवस मनाएको छ । नेपाल निर्यात परिषद्ले आफ्नो २५ औं साधारण सभा र ७ निर्यात दिवस भक्तपुर उद्योग वाणिज्य संघमा मनाएको हो । निर्यात अभिवृद्धि सम्बन्धि अन्तरक्रिया गर्दै निर्यात व्यवसायीहरुले अन्य क्षेत्रमा जस्तै कोरोना र रुस युक्रेन युद्धले प्रभावित नभए पनि चर्को ब्याजदरले प्रभावित भएको उल्लेख गरेका छन्् । विदेशका उपभोक्ताहरुको क्रय शक्तिमा ह्रास आए निर्यात पनि प्रभावित हुन सक्ने भन्दै निर्यात ब्यापारलाई अभिवृद्धिका लागि आवश्यक नीतिगत व्यबस्था र समस्याहरुको पहिचान तथा समाधानकालागि तर्पर हुनुपर्नेमा जोड दिए । प्रतिनिधी सभाका सदस्य सांसद गणेश पराजुलीबाट उद्घाटन भएको सो कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव पुरुषोतम ओझाले निर्यात प्रवर्धन र आर्थिक सुधारका ऐतिहासिक देखि वर्तमान परिस्थितिहरुको समीक्षा गर्दै उत्पादन र उत्पदानकत्वमा कमी, निर्यात बजारमा विद्यमान भंसार शुल्क र गैर भैसार अवरोधको बाहुल्यता, समन्वयको अभाव, सरकारी निकायको प्रभावकारीता नभएको र खर्चिलो र झंझटिलो परावहान प्रबन्ध रहेको विषयवस्तुहरुको प्रस्तुतीकरण गरेका थिए । पुर्खाले चीनको तिब्बत र भारत लगायत विभिन्न देशहरुमा निर्यात ब्यापार फस्ताएको नेपालको निर्यात व्यापार अहिले तेलको संकट र चर्को हवाई भाडा, प्रचार प्रसारको कमी, अपर्याप्त प्रोत्साहन र फितलो नीति कार्यान्वयनका कारणका प्रभावित रहेको चर्चा गरेका थिए भने उहाँले कृषि तथा वनजन्य उत्पादन बृद्धिका कार्यक्रम तर्जुमा गरी कार्यानवयनमा ल्याउने, कृृषि पेशलाई मर्यादित बनाउने र रोजगारीको माध्यमको रुपमा विकसित गर्ने, समन्वयात्मक ढंगमा उत्पादन वृद्धिको कार्यक्रम लागु गर्ने, निर्यात प्रवर्धन सम्बन्धि कार्यको लागि प्रभावकारी संयन्त्रको स्थापना र निर्यात गृहको सञ्चालनमा सुधारको अपेक्षा गरेका थिए ।
साथै नगद अनुदान सम्बन्धि ब्यवसायको पुनरावलोकन, ड्युटी ड्रब्याक प्रकृयाको सरलीककरण, व्दिपक्षीय सम्झौताको पुनरावलोकन, नीति योजनाको कार्यान्वयन र ब्याजदरमा सहुलियत दिनुपर्नेमा जोड दिएका थिए । यसै गरी बैदेशिक ब्यापार संचालनमा नयाँ चुनौतिको रुपमा कोरोनाले ल्याएको संकट, रुस युक्रेन युद्ध र आपूर्ति चक्रमा आएको अवरोध, ठूला शक्ति राष्ट्रहरु बीच सैन्यशक्तिको प्रतिस्पर्धा एवं आर्थिक शत्रि बढाउने होडबाजी, विश्व ब्यापार संगठनको क्षयीकरण, क्षेत्रीय आथिृक संगठनहरु निष्प्रभावित हुनु र जलबायु परिवर्तनका असरहरु औल्याएका थिए । सो अन्तरक्रियामा उद्योग वाणिज्य महासंघ निर्यात प्रर्वधन समितिका सभापति मनिस लाल प्रधान, ब्यापार निकासी तथा प्रर्वधन केन्द्रका नायव कार्यकारी निर्देशक शुयस खनाल, निर्यात व्यवासयी महासंघका रामबहादुर गुरुङ र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धरले पनि निर्यात ब्यापार प्रवर्धनकालागि निर्णायक निकायमा उद्यमी व्यवसायी नै पुग्नुपर्नेमा जोड दिएका थिए ।














