प्रहरी पत्रकार सहकार्यबाट भक्तपुरको शान्ति सुरक्षा हुने प्रहरी उपरिक्षक केसीको विश्वास
भक्तपुर, पुस १९गते
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक प्रजित केसीले पत्रकारको समाचार र सूचनाले पनि अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सकिने विचार राख्दै आज भक्तपुरका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

भक्तपुर प्रहरीको नेतृत्व गरेको ५ महिना पछि भक्तपुरका पत्रकारहरु बीच अन्तरक्रिया गर्दै प्रहरी उपरिक्षक केसीले जिल्लाको शान्ति सुरक्षाका लागि पत्रकार प्रहरी बीच सहकार्य हुनुपर्नेमा जोड दिनु भयो । जिल्लाका शान्ति सुरक्षाका समाचारहरु छिटो छरिटो सञ्चार माध्यममा ल्याएर अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने दायित्व प्रहरी र पत्रकार दुबैको भएको उल्लेख गर्दै उहाँले जिल्लाको शान्ति सुरक्षार्थ १ हजार प्रहरी कर्मचारी परिचालनमा रहेको उल्लेख गर्दै एउटा अपराध हुने बितिक्कै त्यसको अनुसन्धानका लागि सयौ जवान परिचालन गर्नुपर्ने अवस्थामा पत्रकारको सही सूचनाले काम गर्ने बताएका हुन ।
नेपाल पत्रकार महासंघका अध्यक्ष जगत प्रजापति, सचिव संजिब सुभचिन्तक, जिल्लाका सुरक्षा निकायका प्रहरी नायव उपरिक्षकहरुको सहभागितामा भएको सो कार्यक्रममा पत्रकारहरुले प्रहरीका समाचार अन्य मिडियाबाट बाहिर आएपछि मात्रै भक्रपुरका पत्रकारहरुले जानकारी पाउने भएको उल्लेख गर्दै जिल्लाका शान्ति सुरक्षाका लागि ठाउँ ठाउँमा सिसि क्यामेर जडान हुनुपर्ने, ब्यक्ति ब्यापारीहरुको सहयोगमा शान्ति सुरक्षा कायम गर्दा अपराध लुक्ने हो कि? भन्ने प्रश्नहरुका साथ ट्राफिक दुर्घटना न्यूनिकरणमा समेत पत्रकारहरुले विभिन्न जिज्ञासा राखेका थिए । सो जिज्ञासाहरुमाथि प्रहरी उपरिक्षक प्रजित केसीले सहयोग गरेको नाममा, कुनै पनि ब्यक्तिको अपराध नलुक्ने बताए भने सूचना अधिकारी राजु पाण्डेले अन्तरक्रियामा सहजिकरण गरेका थिए । पत्रकारहरुले जिल्लाको शान्ति सुरक्षाका लागि सूचना आदानप्रदान गर्न ह्वाट्सएप समूह बनाउन तयार भएको जनाएको छ ।













