नागरिकता विधेयकमा नेमिकिपाको विरोध जुलुस र सभा आयोजना

नागरिकता विधेयकमा नेमिकिपाको विरोध जुलुस र सभा आयोजना
भक्तपुर, भाद्र २ गते

नेपाल मजदुर किसान पार्टीले नागरिता विधेयकको बिरोधमा बिहिबार काठमाण्डौमा जुलस र धर्ना दिएको छ । काठमाण्डौको कोटेश्वरबाट जुलुस सहित बानेश्वरस्थित सांसद भवन अगाडी पुगेर नेमकिपाका नेता कार्यकताहरुले नागरिकता विधेयक जनताको बीचमा पुर्याएर ब्यापक छलफलको आवश्यकतालाई जोड दिदै यथास्थितिमा नागरिकता बिधेयक खारेज गर्नुपर्ने माग गरेका छन् । सांसदमा प्रस्तुत सो विधेयकका सवालमा ७७ जना सांसदहरुले आआफ्नो विचार राखेको बताउँदै नेमकिपाका सांसद प्रेम सुवालले खुल्ला सिमा रहेसम्म नागरिकताको समस्या समाधान नहुने कुरा पहिला देखि नै नेमकिपाले भन्दै आएको बताउनु भयो । सांसद सुवालले बिवाह हुने बितिक्कै बिदेशीले नागरिकता पाउने नागरिकता विधेयक खारेज गर्नुपर्नेमा जोड दिनु भयो । जन्मको आधारमा, १५ वर्ष ब्यापार गरेको आधारमा नागरिकता दिनु पनि उपयुक्त नभएको भदै भारतमा ७ वर्ष पछि, अमेरिकामा ३ वर्ष बसेको आधारमा मात्र नागरिकताका लागि निवेदन दिन सक्ने ब्यवस्था भएकोबेला सिनेमा र बसको टिकट जस्तै बिवाह र जन्मको आधारमा नागरिकता वितरण गर्न नहुनेमा सांसद सुवालले जोड दिनु भयो । धर्नामा पूर्व सांसद अनुराधा थापामगर, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, सृजना संैजू, नेक्राविसंघका अध्यक्ष प्रकाश गुरुङ्ग, नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जन सहित दर्जन बक्ताहरुले सक्तासिन दलहरुले विदेशी रिझाएर सत्तामा तिकि रहन राष्ट्रपतिले फर्काएको नागरिकता विधेयक जस्ताको तस्तै पास गर्न लागि पर्नु सत्तासिन दलहरुको राष्ट्र घाती काम भएको भन्दै नागरिकता विधेयकको खारेजीको माग गरेका थिए ।