भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक सिटि स्क्यानको उद्घाटन, अव क्यान्सर पहिचान र उपचारमा सहज हुने

भक्तपुर क्यान्सर अस्पतालमा अत्याधुनिक सिटि स्क्यानको उद्घाटन,अव क्यान्सर पहिचान र उपचारमा सहज हुने
भक्तपुर, भाद्र १२ गते
स्वास्थ्य विमालाई १ लाखबाट ५ लाख पुर्याएर जनतालाई उपचार गर्न सहज बनाउने पुनः प्रतिबधता जनाउँदै स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदिप पौड्यलले भक्तपुर क्यान्सर अस्पतालमा सुविधा सम्पन्न सिटि स्क्यान सहितका उपकरणहरुको उद्घाटन गरेका छन् । अस्पताल प्रांगणमा आज आयोजित उद्घाटन समारोहमा मन्त्रि पौड्यलले अस्पतालकालागि आवश्यक जनशक्तिको पनि बन्दोवस्तिमा ध्यान दिने बताएका थिए भने सांसद प्रेम सुवालले अस्पतालको सेवा प्रवाहमा गुनासो नआउने गरी काम गनुपर्नेमा जोड दिदै कार्यरत जनशक्तिको स्नोति र सुविधामा पनि अस्पतालले ध्यान दिन आग्रह गर्नु भयो । स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलको सभापतित्वमा आयोजित सो समारोहमा सांसद दुर्लभ थापा, भारतीय राजदूत नविन श्री वास्तव, भक्तपुर नरपालिकाका प्रमुख सुनिल प्रजापति सहितका अतिथिहरुले क्यान्सर रोगको रोकथाम र उपचारमा सहजता आउने विश्वास व्यक्त गर्दै क्यान्सर रोग नै लाग्न नदिन सचेतना अभिवृद्धिमा जोड दिएका थिए ।


स्वास्थ्य मन्त्रालय र भारतीय दुतावासको सहयोगमा करिव ५० करोड बराबरको Bhabhatron Radiotherapy with simulator machine, 256 Slice रCT Scan Machine / Modular OT तीन वटा उपकरण मन्त्रि पौड्यल र भारतीय राजदुत श्रीवास्तवले आज अस्पताललाई हस्तान्तरण गरिएको हो । भारतीय राजदुत श्रीवास्तवले मन्त्री पौड्यल समक्ष सिटि स्क्यान हस्तान्तरण भएको थियो भने मन्त्रि पौड्यलले अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. प्रज्जवल चालिसेलाई ति उपकरणहरुको हस्तान्तरण गरेका हुन । । कार्यकारी निर्देशक डा. चालिसेले भारतीय राजदुतावास र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयाोगमा करिव १५ देखि १८ करोडसम्म पर्ने उपकरण प्राप्त भएपछि उपकरण सञ्चालनकालागि आवश्यक जनशक्ति जुताएर निकत भविष्यमा सेवा विस्तार गर्ने तयारी स्वरुप आज उद्घाटन भएको बताउनु भयो । पूरानो सिटि स्क्यान भन्दा यो आधुनिक भएकाले क्यान्सर रोगको पहिचान र उपचार गर्न भक्तपुर क्यान्सर अस्पताल थप सक्षम भएको भन्दै उहाँले हाल वार्षिक १ लाख जना उपचारकालागि अस्पताल आउने गरेको बताउनु भयो ।