सबैका लागि शिक्षा अभिमुखिकरण चाँगुनगरमा सम्पन्न
भक्तपुर, भाद्र २गते
समानताको लागि आवाजले आयोजना गरेको दुई दिने सबैका लागि पढाई अन्तर्गत प्रारम्भिक पहिचान सम्बन्धि पुर्नतार्जगी तालिम बिहिबार सम्पन्न भएको छ ।स्वीट होम भक्तपुरमा आयोजना भएको सो तालिममा चाँगुनारायण नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिकाहरुको सहभागिता थियो । जिल्लाका ४ वटै नगरमा यो तालिम क्रमिकरुपमा आयोजना गर्ने बताउँदै जिल्ला संयोजक राजु आर्चायले पहिलो चरणमा चाँगुनारायण नगरका सामुदायिक विद्यालयका शिक्षकहरुलाई दिएको बताए । अपांगता भएका बालबालिकाहरुको पढाईलाई ब्यवस्थित बनाउन सो तालिम प्रभावकारी रहेको सहभागिहरुको भनाई छ । यद्यपी सामुदायिक विद्यालयहरुमा पर्याप्त पूर्वाधार र श्रोत नहुने भएकाले तालिमबाट सिकेका सिपहरु कार्यान्वयनमा चुनौती भन्ने रहने भए पनि आफूहरुले सिकेका कुराहरु व्यवहारमा लागु गर्न शिक्षकहरु सक्षम र तयार रहेको सो अवसरमा बताए । तालिम आन्तर्गतपहिलो दिनमा बैयक्तिक शैक्षणिक योजना बारे प्रशिक्षक सूर्यभक्त प्रजापति र विद्यालय सुधार योजनाबारे चागुनारायण नगर शिक्षा शाखाका दिनेश अर्यालले प्रशिक्षण दिएका थिए भने दोस्रो दिन सहजकर्ता धुर्व निउरेले समावेशि शिक्षा बालमनोविज्ञान, कक्षा कोठा भित्र बालबालिकाको व्यक्तिगत विविधता व्यवस्थापन, पाठ्यवस्तु व्यवस्थापन रणनीति, क्रियाकलाप, विधि तथा पठन तत्वहरु केन्द्रित अभ्यास र १ दिने विद्यालय स्तरीय प्रारम्भिक पहिचान अभिमुखिकरण कर्ययोजनाको तयारी र छलफल गरिएको थियो ।















