वागीश्वरी कलेजमा प्राज्ञिक लेखन कार्यशाला सम्पन्न

वागीश्वरी कलेजमा प्राज्ञिक लेखन कार्यशाला सम्पन्न
भक्तपुर, १० साउन । वागीश्वरी कलेज, मानविकी सङ्कायको आयोजनामा ४ वर्षे स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी प्राज्ञिक लेखनसम्बन्धी कार्यशाला २०७९ सम्पन्न भएको छ ।
कार्यशालामा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले प्रयोग तथा व्यवहारमा नआएसम्म सिद्धान्तको उपयोगिता नरहने हु“दा हरेक कुरामा प्रयोगको महŒव हुने बताए । उनले सीप र सिर्जनाविनाको प्रमाणपत्र कागजको खोस्टो सरह हुने हु“दा कुनै पनि क्षेत्रमा गहिरो शोध गरी त्यसको सत्यतथ्य प्रकास पार्नुपर्नेमा जोड दिए ।


कार्यशालाका प्रशिक्षक तथा त्रिभुवन विश्वविद्यालय, अनुसन्धान निर्देशनालयका उपप्राध्यापक चन्द्रप्रसाद ढकालले शोधकार्य तथा प्राज्ञिक लेखनको महŒव दर्शाउ“दै अनुसन्धानबाटै सत्यतथ्य कुरा स्पष्ट हुने जानकारी दिए ।
कार्यशालामा आयोजक कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, कलेजका मानविकी तथा समाजशास्त्र सङ्काय विभागीय प्रमुख राजन फेलू तथा शिक्षक हरिप्रसाद बास्तोलालगायतले प्राज्ञिक लेखनको आवश्यकता र महŒवबारे आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा प्राज्ञिक लेखन कार्यशालाका प्रशिक्षक चन्द्रप्रसाद ढकाललाई भादगाउ“ले टोपी तथा मायाको चिनो दिई सम्मान गरिएको थियो भने आजको कार्यशालाको आधारमा कुनै विषयमा शोध सम्पन्न गरी उत्कृष्ट प्राज्ञिक लेखकलाई मोतिराम भट्टको जन्मदिन (भाद्रकृष्ण कुशे औंशीका दिन) साहित्यिक कार्यक्रम गरी पुरस्कार वितरण गरिने कुरा आयोजक समितिले जनाएको छ ।