भक्तपुर, जेष्ठ २५ गते
लक डाउ नको बीचमा भक्तपुसरका सामाजिक संघ संस्थाहरुले आइतबार संयुक्त रक्तदान कार्यक्रम आयोजना गरेका छन् । भक्तपुर रक्तदाता समूह, लायन्स क्लब भक्तपुर, भक्तपुर विद्युतीय व्यवसायी संघ र भक्तपुर उद्योग वाणिज्य संघको सामाजिक समितिको तर्फबाट संयुक्तरुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको होे । सो रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेको संघका उपाध्यक्ष रोशन भेद्यले जनाएको छ । भक्तपुरमा कोरना भाइरसको संक्रमण देखिन थालेपछि रक्तसञ्चार सेवा केन्द्र भक्तपुरमा रगतको अभाव हुन थालेपछि विभिन्न सामाजिक संघ संस्थाहरुलाई रेडक्रस भक्तपुरले रक्तदान कार्यक्रम आयोजना गरिदिन आग्रह गर्दै आएको छ ।

दैनिक १५० देखि २०० यूनिटसम्म रगत माग बढी रहेको बेला कोरना संक्रमणको त्रासले खुल्ला रक्तदान कार्यक्रमहरु हुन नसकेको बेला आज विहान भक्तपुरका विभिन्न सामाजिक संघ संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरेका हुन । रगत नपाएर कोहि पनि मर्न नपरोस भन्दै आएको रक्तसञ्चार सेवा भक्तपुरमा अहिले ताजा रगतको कमि रहेको ब्लड बैंक भक्तपुरका प्रमुख उत्तम कुस्माले जनाएको छ । ताजा रगतको अभाव हुँदा सेवाग्राहीकै आफन्तबाट रगतको व्यवस्था गर्दै आएको पनि उहाँले जनाएको छ ।














