१० मिनेटमै कर सम्बन्धि गुनासो सुनुवाई हुने
भक्तपुर, असार ३ गते
करदाता र कर कार्यालय बीच नंग र मासु जस्तै सम्बन्ध हुनुपर्नेमा सानो गल्ति हुने बितिक्कै करदातालाई दुःख दिने नियतबस हुने गतविधिले करदाता थप मारमा पर्ने गरेको गुनासो गर्दै भक्तपुरका उद्यमी व्यवासायीहरुलाई आज कर शिक्षा अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजना भएको सो कर शिक्षामा देश विकासकालागि उद्यमी व्यवसायीहरु करको दायरामा आउनुपर्नेमा जोड दिदै आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख ताराप्रसाद भुसालले करदाताका समस्याहरु १० मिनेट मै सम्बोधन हुने गरी कार्य गर्ने बताउनु भयो । कर तिर्न अप्ठेरो नमन्न आग्रह गर्दै करदाताका समस्या र गुनासो सुनुवाई गर्न तर्पर रहेको बताउनु भयो । उहाँले व्यवसायीलाई भन्नु भयो करतादालाई कर तिर्न कुनै समस्या भयो भने मलाई भन्नुस ९८५११००५८८मा सम्पर्क राख्नुस् के समस्या भएको हो खुलस्त पार्नुस । १० मिनेटमै सम्बन्धित फाटले सम्बोधन गरिदिने छ । यद्यपी कर र भ्याट तिर्ने बक्यौदा भक्तपुरमा पनि रहेको उल्लेख गर्दै तोकिएको समयमै व्यवसायीहरले कर तिरेर कर चुक्रा प्रमाण पत्र लिन आग्रह गर्नु भयो । संघका अध्यक्ष शिव मान्नधरको अध्यक्षमा भएको सो कार्यक्रममा करका विभिन्न आयामहरु बारे प्रस्तुतीकरण गरेको थियो भने सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष रोशनी मैया धौबन्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले पनि आआफ्ना धारणा ब्यक्त गर्दै कर तिर्ने करदाताको स्वास्थ्यमा चुनौति थपिएको उल्लेख गर्दैै कर तिर्ने करदातालाई सम्मानित गर्न आग्रह गर्नु भयो ।












