जिउँदो सालक सहित २ जना प्रहरी नियन्त्रणमा

जिउँदो सालक सहित २ जना प्रहरी नियन्त्रणमा

भक्तपुर, मंसिर १० गते
जिउँदो सालक सहित दुई जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धुर्वबहादुर मगर र भिमबहादुर मगर रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले जनाएको छ ।
आज दिउँसो एक बजे भक्तपुरको मध्यपुर ठिमीस्थित लोकन्थलीबाट तिनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । डुर्लभ जन्तुको रुपमा रहेको जिउँदो सालक लिएर हिडि रहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुदन के.सी.ले तिनीहरुलाई पक्राउ गरेको हो । धादिङ जिल्ला शितली गा.पा. ३, झार्लाङदी घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. २६ कपुरधारा बस्ने बर्ष २७ को धुर्व बहादुर मगर र सोही स्थान घर भई काठमाण्डौ जिल्ला का.म.न.पा. २६ लैनचौर बस्ने बर्ष ३१ को भिम बहादुर मगरले Urea 46 50KG लेखिएको सेतो बोरा भित्र प्लाईको बाकसमा जिउँदो सालक लिएर हिडिरहेको अवस्थामा लोकन्थलीबाट पक्राउ गरेको थियो । पक्राउ परेका मगर सशस्त्र प्रहरीमा कार्यरत रहेको समेत बुझिएको सूचना अधिकारी गिरीले जनाएको छ ।

पक्राउ परेका ती दुई व्यक्तिहरुबाट
१. ग्लोबल आई.एम.ई. बैंकको चेक बुक २ थान,
२. नागरिकता प्रमाण पत्र थान १,
३. 00-02-04-EJP लेखिएको हरियो निलो झोला भित्र HP कम्पनीको 8GB को पेन ड्राइभ थान १, ग्लोबल आई.एम.ई. को भौचर ८ थान, कृर्षि विकास बैंकको भौचर ४ थान, राजश्व तिरेको विल ३ थान,
४. मोवाइल ४ थान,
५. एभरेष्ट बैंक लिमिटेडको नगद जम्मा गरेको भौचर,
६. भिम बहादुर थापाको सवारी चालक अनुमति पत्र थान १,
७. व्यक्तिगत नं. ०४८९१२ भएको सशस्त्र प्रहरी बलको परिचय पत्र थान १,
८. राष्ट्रिय बाणिज्य बैंकको कार्ड थान १,
९. सिदार्थ बैंकको ATM कार्ड थान १,
नियन्त्रणमा लिएको छ ।