‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरार्’ैं भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस नेपालमा पनि मनाइँदै
‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरार्’ैं भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस नेपालमा पनि मनाइँदै छ । युनियन फर इन्टरनेसनल क्यान्सर कन्ट्रोल (युआइसीसी) ले हरेक फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाउँदै आएको छ । दिवसको अवसरमा नेपालमा पनि क्यान्सरको क्षेत्रमा सक्रिय अस्पताल तथा सङ्घसंस्थाले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दैछन् । पछिल्लो समय क्यान्सर पहिचान र उपचारमा नागरिकको पहुँच बढ्दै गएको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले बताउनुभयो । सरकारले दिने सहुलियतका कारण पनि क्यान्सरको उपचारमा जनताको पहुँच बढ्न थालेको उहाँकोे भनाइ छ । सुरुवाती अवस्थामा पहिचान गरेर उपचार गरेमा महिलाको स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर र पाठेघरको क्यान्सर निको पार्न सकिने डा. पियाको भनाइ छ । अन्य क्यान्सर पनि सुरुको चरणमै पत्ता लागेर उपचार गर्दा निको हुने सम्भावना ९५ प्रतिशतसम्म रहने र अन्तिम अवस्थाको क्यान्सर छ भने ४–५ वर्षको हिसाबमा १२–१३ प्रतिशत निको हुने सम्भावना हुने चिकित्सकहरूको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा ३२ हजार क्यान्सरका बिरामी छन् । नेपालका स्वास्थ्य संस्थाले भने करिव ५० देखि ६० हजार क्यान्सरका बिरामी रहेको बताउँदै आएका छन् ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...












