गुडिरहेको बसमा एक्कासी आगलागी, ३६ यात्रु सकुशल ।

गुडिरहेको बसमा एक्कासी आगलागी, ३६ यात्रु सकुशल ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान एक्कासी आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । ३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालिएको थियो । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका छन् ।