तःमुज्याको ४४ औं सृंखला, असोज २८ र २९ गते लामुगाः टोलमा हुने

भक्तपुर, श्रावण २० गते
नेपाल भाषा साहितय तःमुंज्याको ४४ औं सृखला भक्तपुर नगरपालिका वडा नं.९ स्थित लामुगः टोलमा हुने भएको छ । ४४ औं तःमुज्या आगामी असोज २८ र २९ गते गरी दुई दिनसम्म हुने भएको हो । जनता बाचे, भाषा बाच्छ भन्ने उद्घोषका साथ प्रत्येक वर्ष दशैको द्वादशी र त्रयोदशीका दिनमा भक्तपुर नगरका विभिन्न टोलहरुमा तःमुज्या आयोजना हुँदै आएको छ । गत वर्ष योसिंख्यमा ४३ औं तःमुज्या आयोजना गरेको नेपाल भाषा साहित्य तःमुज्या व साँस्कृतिक ब्वज्याले यस वर्षको ४४ औं तःमुज्या लामुगः टोलमा आयोजना गर्ने निर्णय गरेको मजदुर दैनिकमा उल्लेख छ ।

सम्मेलनमा प्रस्तुत हुने विभिन्न साहित्यिक र सांस्कृतिक प्रस्तुतिहरूको तयारी एवं प्रशिक्षणको लागि विभिन्न साहित्यकार, कलाकार तथा संस्कृतिकर्मीहरूलाई जिम्मेवारी दिइएको तःमुंज्याले जनाएको छ ।सम्मेलनको तयारीको लागि भनपा वडा ९ का साहित्यकार, कलाकार, संस्कृक्तिकमी तथा समाजसेवीहरूको भेलाबाट आयोजक समिति (ग्यसाल) गठनन गर्ने निर्णय पनि गरिएको छ ।