कोरोना भाइरसको नयाँ स्वरुपको जोखिम हुने भन्दै विदेश भ्रमणमा नजान सरकारको आग्रह ।

कोरोना भाइरसको नयाँ स्वरुपको जोखिम हुने भन्दै विदेश भ्रमणमा नजान सरकारको आग्रह ।
सरकारले कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोन सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर विदेश भ्रमणमा नजान आग्रह गरेको छ । सरकारले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न भनेकोहो । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा कोरोना भाइरसको ओमिक्रोन स्वरुपको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरिएको छ । कोरोना भाइरसको यो स्वरुप सबै उमेर समुहका व्यक्तिमा देखा परेको हुनाले जनस्वास्थ्यका मापदण्ड अपनाउन पनि सरकारले अनुरोध गरेको छ । हालसम्म ओमिक्रोन स्वरुप नेपालमा फेला नपरेको भन्दै यो स्वरुप भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।