आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपग्लोबल छनोटका लागि नेपाली टिमको घोषणा ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपग्लोबल छनोटका लागि नेपाली टिमको घोषणा ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा गरिएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक पुबुदु दासानायकेले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट सन्दिप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोली छनोट गर्नुभएको हो ।युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।यस्तै शरद भेषवाकर, प्रदिप ऐरी र जितेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विनोद भण्डारी, सोमपाल कामी टिममा अटाएका छैनन् ।विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रुअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् ।यस समूहबाट शीर्ष दुई टोली यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुनेछन् । नेपाली टिममा सन्दीप लामिछाने, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम रहेका छन् ।