कोरोनाबाट भक्तपुरका थप ५६४ जना संक्रमित

कोरोनाबाट भक्तपुरका थप ५६४ जना संक्रमित
भक्तपुर, माघ ६ गते
कोरोनाबाट भक्तपुरमा आज थाप ५६४ जना संक्रमित भएका छन् । यसरी संक्रमित हुनेहरुमा भक्तपुर नगरपालिकाका ४६ पुरुष र ४१ महिला गरी ८७ जना, चाँगुनारायण नगरका ३४ पुरुष र २५ महिला गरी ५९ जना, मध्यपुर थिमी नगरका ८७ पुरुष र ८८ महिला गरी १७५ जना यसै गरी सूर्यविनायक नगरपालिकाका ७४ पुरुष र ७४ महिला गरी १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार यसरी संक्रमित हुनेहरु मध्ये ६१ पुरुष र ३४ महिला गरी ९५ जना सक्रमण पुष्टि भएकाहरु सम्पर्क विहन अवस्थामा रहेको उल्लेख गरेका छन् । हिजो भक्तपुरका ३ सय ३३ जना कोरोना संक्रमित भएका थिए भने आज एक्कै दिन ५६४ जनामा संक्रमण पुष्टि भएको हो । भक्तपुर अस्पतालमा कोरोना परीक्षण गर्नेहरु मध्ये ८८ प्रतिशतमा पोजेटिभ आइरहेको पनि अस्पतालका मेसु सुमित्रा गौतमले जनाएको छ ।