हैजा पुष्टि भएका विरामी अस्पतालबाट भाग्यो, हैजाको जोखिम बढायो ।
काठमाण्डौ, श्रावण १० गते
हैजा पुष्टि भएका विरामी अस्पतालबाट भागेको छ । आज थप हैजा पुष्टि भएका दुई विरामी मध्ये एक जना अस्पतालबाटै भागेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जनाएको छ । हैजा संक्रमित व्यक्ति अस्पतालबाट भागेपछि थप हैजा फैलिने जोखिम बढाउन सक्ने आंकलन गरिएको छ । अस्ति हैजा पुष्टि भएका व्यक्ति नजिकका दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना परिक्षण गर्दा हैजा पुष्टि भएको थियो । रिपार्ट आउनु पूर्व नै एक जना संक्रमित अस्पतालबाट भागेको डा. बसौलाले गोर्खा पत्र अनलाईनलाई जनाएको छ । अर्का संक्रमितको भने पाटन अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो भने अस्ति हैजा संक्रमित हुने ललितपुरको गोदावरी नगरपालिका वडा नं. १४ ठैवस्थित एक पुनस्र्थापना केन्द्र बस्ने १६ वर्षीय किशोरको उपचारसँगै हैजा नियन्त्रणमा आएको पनि उहाँले जनाएको छ । यसरी हैजा संक्रमित हुनेको संख्या ४ पुगेको पनि प्रयोगशालाले जनाएको छ । संक्रमित सबै जना गोदावरी नगरपालिका वडा नं. १४ ठैवका रहेको बताइएको छ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














