होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा, सञ्चालनको टुङ्गो छैन ।।
माधव बेल्वासे,रेडियो शिवराज, कपिलवस्तु
सरकारले भारतसँग जोडिएका सीमा क्षेत्रमा दोस्रो लहरको समयमा होल्डिङ सेन्टर अर्थात कोरोनाको लक्षण देखिएमा राख्ने ठाउँ निर्माण सुरु गरेको थियो । कपिलवस्तुमा अधिकांश ठाउँमा होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगे पनि सञ्चालनको भने टुङ्गो छैन । कोरोना सङ्क्रमण बढेपछि कपिलवस्तुको कृष्णनगर नाका हुदै नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या दोब्बरले बढेको छ । लक्षण देखिएकालाई केही दिन राख्न होल्डिङ सेन्टर बनाउने काम कोरोनाको दोस्रो लहरमा सुरु भएको थियो । तर, सञ्चालनमा नआउँदा शङ्कास्पद व्यक्तिलाई निगरानी बढाउन समस्या भएको छ । कृष्णनगर नगरपालिका १ शिवानगरमा ४ सय बेडको होल्डिङ सेन्टर र भन्सार नाका नजिकै ६ सय बेड क्षमताको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा छ । एक हजार क्षमताको होल्डिङ सेन्टर स्थानीय तहले सञ्चालन गर्न नसक्ने कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले बताउनुभयो । नेपाली सेनाबाट निर्माण भएको होल्डिङ सेन्टरमा कोरोना सङ्क्रमण नियन्त्रणमा भारतबाट प्रवेश गर्नेहरूलाई सुरक्षित राख्ने भनिएको थियो । तर, अहिलेसम्म सञ्चालनको बारेमा कुनै निर्णय नभएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे । कपिलवस्तुमा होल्डिङ सेन्टर निर्माणको लागि २७ करोड ६७ लाखभन्दा धेरै रकम हनुमान कन्स्ट्रक्सन ललितपुरले पाएको थियो । तर, निर्माणको काम पुरा भए पनि सञ्चालन नहुँदा स्थानीय सरकारलाई समस्या भएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...












