लोकेश्वर साकोसको बा“सुरी बाजा समापन तथा प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को सांस्कृतिक उपसमितिको आयोजनामा भएको बा“सुरी बाजा प्रशिक्षण समापन तथा प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र वितरण कार्यक्रम भक्तपुर नगरपालिका, साविक १५ वडाका पुर्व वडा अध्यक्ष रविन्द्र खर्वुजाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि खर्वुजाले भक्तपुर नगरको हरेक टोल समुदायको छुटाछुटै सांस्कृतिक तवरमा पहिचान रहेको बताउनु भयो । उहा“ले भक्तपुर नगरमा पुर्खाले सिर्जेको कला र सांस्कृतिक बाजागाजा र पुराना पुख्यौलि नित्यसंस्कृतिहरुलाई जर्गेर्ना गर्दै लैजानुपर्ने कुरा बताउनु भयो । हामीले हाम्रा सन्ततीहरुलँई पढाइका अलावा अतिरिक्त क्रियाकलापहरुमा पनि उतिकै सक्रिय सहभागी गराउनु पर्ने औल्याउनु भयो । नया“ पुस्तालाई सांस्कृतिक बाजागाजाहरु सिकाउने एउटा थलोका रुपमा संस्थाले कार्य गर्दै आएकोमा खुसी व्यक्त गर्दै सहकारी संस्थाहरुबाट यस्ता गतिविधिहरु निरन्तर गर्दै लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।


संस्थाका अध्यक्ष राजन जतिले कार्यक्रममा बोल्दै संस्थाबाट सदस्यहरुलाई सांस्कृतिक नृत्य, धिमे बाजा, धां बाजा र बा“सुरी बाजा लगाएत धेरै बाजागाजाहरुको प्रशिक्षण पुरा गरी उक्त क्षेत्रमा उत्कृष्ट बनाउदै संस्थालाई समुदायमा छुटै पहिचान बनाउन सफल भएको जानकारी दिनुभयो । संस्थाबाट स्थापना कालदेखि सदस्यहरुलाई सक्षम बनाउन विभिन्न सिपमूलक तालिम, प्रशिक्षण र समुदायमा आधारित कार्यक्रमहरु संचालन गर्दै आएको कुरा बताउनु भयो । उक्त बा“सुरी बाजा प्रशिक्षणका प्रशिक्षक रभिम कपालीले हामीले हाम्रा सम्पुर्ण कला र सांस्कृतिलाई जिबन्त तुल्याउनु पर्ने कुरा राख्दै प्रशिक्ष्ाँर्थीहरुले छोटो समयमानै उत्कृष्ट रुपमा प्रशिक्षीत हुन सफल भएकोमा खुसि व्यक्त गर्नु भयो । उपसमितिका संयोजक कमलश्वरी खर्वुजाको सभापतीत्वमा भएको उक्त कार्यक्रममा २४ जना प्रशिक्ष्ाँर्थीहरुलाई बा“सुरी बाजा प्रशिक्षित भएको प्रमाण–पत्र वितरण गरिएको थियो । कार्यक्रममा प्रशिक्ष्ाँर्थीको तर्फबाट रिसिका त्वायना र एकेन स्वंगमिखाले प्रशिक्षण अनुभव बताउनु भएको थियो भने सांस्कृतिक उप–समितिका सदस्य दिलप्रसाद सुवाल र प्रशिक्षार्थीका अभिभावक मञ्जुमंैया लाखाजुले पनि बोल्नु भएको थियो ।











