नेपालमा ४ दिनमै थपिए १२ हजारभन्दा धेरैसङ्क्रमित ।

नेपालमा ४ दिनमै थपिए १२ हजारभन्दा धेरैसङ्क्रमित ।।
चार दिनमै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित झन्डै १२ हजारथपिएका छन् । पुस ३० मा १८ हजार २ सय ३५ जना सक्रिय सङ्क्रमित रहेकोमा त्यो त्यो सङ्ख्या हिजो ३० हजार ८ सय ७७ पुगेको छ । जुन १२ हजार ६ सय ४२ ले बढी हो । कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएको सरकारले औपचारिक घोषणा गरेको छैन । सङ्क्रमणदरको अवस्था भने तेस्रो लहरकै रुपमा बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले सीआईएनसँग बताउनुभयो । उहाँले कोरोनाको छाल अनुसार लहर हो वा होइन भनेर भन्न सकिने अवस्था रहेकाले पछिल्ला समय देखिएको सङ्क्रमणदरले चिन्ता भने बढाउने बताउनुभयो । २४ घण्टामा नेपालमा झन्डै ७ हजार नयाँ सङ्क्रमित थपिएका छन् भने ३ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।