भक्तपुर कप २०७९को खेल तालिका सार्वजनिक
भक्तपुर, फाल्गुण १ गते
भक्तपुर कप २०७९को खेल तालिका सार्वजनिक भएको छ । आयोजक भक्तपुर युवा टीमले आज गोलाप्रठा गरी खेल तालिका सार्वजनिक गरेको हो । विभिन्न १६ वटा टिमले सहभागिता जनाएको सो प्रतियोगिता यही फागुण ५ गते देखि १३ गतेसम्म महेश्वरी खेलमैदानमा आयोजना हुने भएको हो ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको प्रामुख आतिथ्यतामा फागुण ५ गते उद्घाटन हुने सो प्रतियोगिताको उद्घाटन खेल आयोजक भक्तपुर युवा टिम र बौद्ध एफसी काठमाण्डौ बीच हुने छ भने प्रतियोगिताको दोस्रो दिन फागुण ६ गते शनिबार ३ वटा खेल हुने छन् । पहिलो खेलमा सुर्यविनायक नगरपालिका विरुद्ध सोल्टी नेपाल भिड्ने छन् त्यसपछि सिद्धि गणेश खेलकूद समिति विरुद्ध हेल्टी फुट्सल खेल्ने छन् । यसै गरी केदारनाथ सुटर विरुद्ध पिएफसी (पाण्डु बजार) बीच प्रतियोगिता हुने छ । फागुण ७ गते कोब विरुद्ध एपिए बलम्बु बीच खेल हुने छ भने फागुण ८ गते गोडावरी एफसी विरुद्ध एफसी रियल र बनेपा ब्वाइज क्लब विरुद्ध द दार्क सुटर एकेडेमी बीच पहिलो चरणको खेल हुने छ । खेल विहान ८ः३० बजेबाट सुरु गर्ने भन्दै आयोजक समितिका सुरेश कवांले खेलका नियमहरु बारे सो अवसरमा जानकारी गराएका थिए । खेल तालिका सार्वजनिक कार्यक्रम क्लवका संस्थापक अध्यक्ष विश्वराम कवां, अध्यक्ष केशव त्वायनाबासु र भनपा ७का वडाध्यक्ष उकेश कवांको आतिथ्यता र प्रतियोगितामा सहभागि क्लवहरुका प्रतिनिधीहरुको सहभागितामा आयोजना गरेको थियो । प्रतियोगिताको फाइनल तथा समापन एवं पुरस्कार वितरण फाल्गुण १३ गते हुने आयोजक समितिका रामेश्वर मचामसीले जनाए ।














