बीबीएस नेपाल टप वविता सम्मानित
भक्तपुर, पुस ६ गते बागेश्वरी मावि भक्तपुरले बीबीएसमा नेपाल टप गर्न सफल वविता ग्वाछालाई दोसल्ला ओदाई सम्मानित गरेको छ । सो अवसरमा प्लस २ उत्र्तिण गरेका विद्यार्थीहरुलाई मंगलबार बढाई तथा मार्गनिर्देशन पनि दिएकोे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष रविन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अतिथी ज्याख्वले प्लस टु पास भएपछि विषयविज्ञता हासिल गर्न विश्व विद्यालय तहको पढाइ सुरु भएको उल्लेख गर्दै पास भएको प्रमाण पत्र मात्रै विषयविज्ञता हुन नसक्ने भएकाले पढाईसँगसँगै विषयविज्ञता हाँसिल गरेर देश र जनाताको सेवा गर्न आग्रह गर्नु भयो ।

विद्यालयका प्रधानाध्यापक केपी धन्छाको सभापतित्वमा भएको सो कार्यक्रममा शिक्षक ज्ञानसागर प्रजापतिले पढ्ने विद्यार्थीहरुलाई विभिन्न समस्याहरुले नरोक्ने कुरा बीबीएसमा नेपालभरबाट उत्कृष्ठ भएका वविता ग्वाछाले पुष्टि गरेको बताउनु भयो । ग्वाछाका बुवा दीर्घ रोगी, आमा खोति किसानीमै सिमित हुदा पनि दुई बहिनी र एक भाईको पढाइको जिम्मेवारी लिन्दै वविताले बिविएसमा नेपाल टप गर्न सफल भएको बताउनु भयो । जनताको छोरा छोरी पढ्ने बागेश्वरी विद्यालयको विकास र स्नोति दातृ निकायको अनुचित सहयोगमा नभई विद्यालयको आफ्नै खुट्टामा उभिएर गरेको स्मरण गनर्् भयो । विद्यालयले कमाएको पैसाबाट विद्यालयको भौतिक सम्पति जोड्दै जेहेन्दार विद्यार्थीहरुलाई करोडौको छात्रवृति वितरण गर्दै आएकोले पनि विद्यार्थीहरुलाई बागेश्वरी मावि र कलेजमा पढ्ने वातावरण बनेको र थप संकायहरुको पढाई गर्ने तयारी पनि भइरहेको बताउनु भयो ।
वागेश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीले पढाईसँगै ब्यवहारिक बन्न आग्रह गर्दै थप अध्ययनका लागि बाहिर जान नपर्ने गरी जेहन्दार विद्यार्थीहरुलाई छात्रवृद्धिको व्यवस्था सहित बीबीस, बिए र विएसडब्लुमा भर्ना लिइरहेको बताउनु भयो । विद्यार्थीले आफ्नो कमजोर विषयलाई अहिले नै ध्यान दिन सक्नुपर्नेमा जोड दिन्दै पास भएं े भनेर धुक्क भएर नबस्नुस् कतिपय विषयमा जिपीए नपुगेर पढ्नबाट बन्चित हुनुपर्ने हुन सक्छ । प्राचार्य श्रेष्ठले बताउनु भयो । त्यस्ता विद्यार्थीलाई थप परिक्षा दिएर स्नोति गर्ने अवसर रहेको बताउनु भयो । सह प्राचार्य उकेश सुवाल र गजेन्द्र दाहालले पनि विद्यार्थीहरुलाई सो अवसरमा मार्गनिर्देशन दिएको कार्यक्रममा प्राधानाध्यापक केपी धन्छा, ज्ञानसागर प्रजापति, उकेश सुवाल, केपी कर्माचार्यले कक्षा १२ उर्तिण गरेका विद्यार्थीहरुलाईे मायाको चिन्ह, मिठाई दिएर थप अध्ययनका लागि मार्गनिर्देशन र प्रोत्साहित गरेका थिए ।














