समदर्शीमा बार्षिक समीक्षा तथा विस्तारित बैठक सम्पन्न
श्रावण २२ गते, भक्तपुर
समदर्शी बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समितिको आयोजनामा महेश्वरीस्थित संस्थाको सभाकक्षमा बार्षिक समीक्षा तथा विस्तारित बैठक सम्पन्न भयो ।
प्रमुख अतिथि सस्थापक अध्यक्ष श्री हरिराम लवजूले अर्थतन्त्र चलायमान हुन नसक्दा र सबै क्षेत्र शिथिल रहेको अवस्थामा संस्थाले लक्ष्य अनुरुप मुनाफा आर्जन गर्न नसकेको बताउनुभयो । समय संगै आउने उटारचढावलाई आफ्नै दृष्टिकोणले पार लगाउदै संस्था अगाडि बढ्दै जाने बताउनुभयो । संस्थाका अध्यक्ष विश्वबहादुर दुवालले अर्थतन्त्रमा देखिएको समस्याका कारण संस्थाको गतिमा केही ओरालेापन देखिएपनि भोलिका दिनमा फेरि प्रगतिको पथमा सबै मिलेर अगाडि बढ्नेमा विश्वास ब्यक्त गर्नुभयो । यस वर्ष संस्थाको सोचे जस्तो मुनाफा नभएको कारण सबै समिति÷उपसमितिलाई बैठक भत्ता बापतको सुविधा नलिने निर्णय गरेको बताउनुभयो । कार्यक्रमका अतिथि निवर्तमान अध्यक्ष रामकृष्ण मानन्धर, लेखा सु.समिति संयोजक श्री कृष्णराम दुवाल , सल्लाहकार समिति संयोजक श्री विश्वमोहन जोशीले आ–आफ्नो धारणा ब्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष श्री विश्वबहादर दुवालको सभातित्वमा सम्पन्न कार्यक्रममा सचिब लक्ष्मीप्रसाद प्रजापतिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उपाध्यक्ष रामबहादुर मानन्धरले स्वागत गर्नुभएको थियो । आ.ब.२०८२/८३ को नीति तथा कार्यक्रम र बजेटको जानकारी सचिब लक्ष्मीप्रसाद प्रजापति र कोषाध्यक्ष श्रीठ प्रमिला रंजितले आ.ब. २०८१/८२ को समीक्षागत रिपोर्ट लेखा अधिकृत श्री उमा प्रजापतिले प्रस्तुत गनुभयो । सहभागिको तर्फबाट जेष्ठ कल्याण उपसमिति सदस्य राजुराम मुनंकमीले आफ्ना जिज्ञासाहरु ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति,लेखा समिति,सल्लाहकार समिति, उपसमिति ,संस्थापक र ब्यवस्थापनका कर्मचारीहरु लगायत ५७ जनाको सहभागिता रहेको थियो ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














