भक्तपुरको प्राचीन लक्ष्मीनरसिंह मन्दिर शिलान्यास

भक्तपुरको प्राचीन लक्ष्मीनरसिंह मन्दिर शिलान्यास
२०७८ मंसिर २७, सोमबार
भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिका वडा नं। ४ गःहिटीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिर पुरानै मौलिक शैलीमा पुनःनिर्माण गर्ने भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ९रोहित० ले लक्ष्मीनरसिंह मन्दिरको आज एक समारोहबीच शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुरका अरु सम्पदा पुनःनिर्माणमा जस्तै लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणमा पनि यहाँका स्थानीय जनताले अपनत्व ग्रहण गर्ने विश्वास व्यक्त गर्नुहुँदै पुनःनिर्माणको कार्य पारदर्शी ढंगले सम्पन्न गर्न मार्गनिर्देश गर्नुभयो ।


भक्तपुर नगरपालिकाको ‘ख्वप मोडल’ बाट देशका अन्य जिल्लाहरुले पनि सिक्न चाहेका छन् भन्नुहँदै उहाँले ‘भक्तपुर नगरपालिकाले गरेको कार्यबाट देशभरिकै स्थानीय तहहरुले अनुकरण गर्न खोजिरहेका छन् । यो देशकै निम्ति राम्रो र सबल पक्ष हो’ भन्नुभयो ।
मौलिक सम्पदा संरक्षणले नयाँ पुस्ताको सेवा हुने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि नै सम्पदाको महत्वबारे सिकाउनु आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउने अभियानमा रहेको बताउनुहुँदै भक्तपुर नपाले गरेको सम्पदा संरक्षण कार्य नयाँ पुस्ताको निम्ति ठूलो उपलब्धीको रुपमा रहने बताउनुभयो ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेको १२० वटा सम्पदाहरुमध्ये भक्तपुर नपाले ११८ वटा जीर्णोद्धार र पुनःनिर्माण सम्पन्न गरिसकेको र केही पुनःनिर्माणको क्रममा रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले उपभोक्ता समितिमार्फत मौलिक सीप, प्रविधि र जनताको सहयोगमा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार कार्य सफलतापूर्वक सम्पन्न गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं। ४ का वडाध्यक्ष कुमार चवालले एकतल्ले जस्ताको छानाले छाएको उक्त मन्दिर हाल नगरपालिकाले दुई तल्ले छानामा मौलिक स्वरुपमै पुनःनिर्माण गर्ने बताउनुहुँदै मन्दिर पुनःनिर्माणको लागि स्वेच्छाले आर्थिक सहयोग, चन्दा, दान, दातब्य दिन चाहने तथा श्रमदान गर्न संघ संस्था, गुठी, टीम, क्लब तथा सर्वसाधारण जनतालाई सहयोगको लागि आह्वानको लागि सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय समेत गरिसकेको अवगत गराउनुभयो ।
कार्यक्रममा इतिहासविद् डा। पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर नेपालको एकमात्र शक्तिसहित शान्त स्वभावको लक्ष्मी भएको नरसिंह मन्दिर भएको उल्लेख गर्नुभयो । भक्तपुर १२ औं शताब्दीदेखिको सम्पदाहरु अवस्थित, सांस्कृतिक सम्पदा र प्राचीन मूर्तिले समृद्ध ठाउँ भएको बताउनुहुँदै इतिहासविद् श्रेष्ठले उक्त मन्दिर जयस्थिति मल्लको पालामा बनेको बताउनुभयो ।
दरबार हेरचाह अड्डा भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मीले जनताको साथ र सहयोगमा निर्माण हुने लक्ष्मीनरसिंह मन्दिरप्रति जनताको अपनत्व हुनुका साथै समयमै सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । कृषि र प्रकृतिको संरक्षण भएन भने सम्पदा संरक्षणमा बाधा पुग्ने बताउनुहुँदै ‘भक्तपुरका मूर्त र अमूर्त सम्पदा एकअर्काको परिपूरक हो’ भन्नुभयो ।
लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका पूर्व अध्यक्ष एवम् सल्लाहकार न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणको हालसम्मको आय–व्यय प्रस्तुत गर्दै पहिलो चरणको कार्य सम्पन्न भएपश्चात हाल शिवराम किजुको अध्यक्षतामा लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समिति पुनःगठन भएको, मन्दिर पुनःनिर्माणको कूल लागत रु। ३ करोड ७१ लाख, २७ हजार ५१५।३८ पैसा रहेको र दोस्रो चरणको लागत इस्टिमेट ८७,९३,७०८।४३ पैसा रहेको अवगत गराउनुभयो ।
कार्यक्रममा भक्तपुर न।पा। वडा नं। ७ का वडा सचिव विजय लोहलाले पनि बोल्नुभएको थियो ।