भक्तपुर नपाको चौधौं नगरसभा चालु, लेखा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले पारित

भक्तपुर नपाको चौधौं नगरसभा चालु,लेखा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले पारित
२०८० असार २५ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा चौधौंं नगरसभाको बैठक आज पनि चालु रह्यो ।
नगरसभाको आजको बैठकले भक्तपुर नपाअन्तर्गत सञ्चालित शैक्षिक संस्थाहरु, ख्वप अस्पताल, देको मिवा आवास योजनालगायतको लेखा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले पारित गर्यो । त्यस्तै भक्तपुर नगरपालिका न्यायिक समितिको प्रतिवेदन र भक्तपुर नगरपालिकाका कर्मचारीहरुको तलबी प्रतिवेदन, भक्तपुर नपाको वार्षिक खरिद योजनालगायत विविध प्रस्तावहरु पनि नगरसभाले सर्वसम्मतिले पारित गरेको छ ।


सभामार्फत नगर प्रमुख प्रजापतिले कानुनले स्थानीय तहको बेरुजु फछ्र्योटको अधिकार नगरसभालाई दिएको बताउनुभयो ।
बैठकमा न्यायिक समितिका संयोजक रजनी जोशीले न्यायिक समितिको प्रतिवेदन, लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाले लेखा समितिको प्रतिवेदन, भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाका कर्मचारीहरुको तलबी प्रतिवेदन, भक्तपुर नपाको वार्षिक खरिद योजनालगायत विविध प्रस्ताव र विधायन समितिका संयोजक हरिराम सुवालले स्थानीय सेवा (कर्मचारी) गठन, सञ्चालन र व्यवस्थापन, सेवा, शर्त तथा सुविधा सम्बन्धमा बनेको विधेयक — २०८० छलफलको लागि सभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।
सभाको अर्को बैठक असार २९ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।