गाउँगाउँमा पर्यटक पुराउन लागि घरबास सेवा प्रभावकारी बन्दै ।

गाउँगाउँमा पर्यटक पुराउन लागि घरबास सेवा प्रभावकारी बन्दै ।।
गाउँगाउँमा आन्तरिक तथा बाह्य पर्यटक पु¥याउन लागि घरबास सेवा अर्थात् होमस्टे प्रभावकारी बनेका छन् । कोरोनाका कारण पछिल्लो दुई वर्ष देशका अन्य ठाउँमा जस्तै बाँके बर्दियाका होमस्टे पनि सुनसान बनेका थिए तर केही महिना यता होमस्टेमा पर्यटकको चहल पहल बढ्न थालेको छ । बाँके बर्दियामा झण्डै एक दर्जन होमस्टे सञ्चालनमा छन् । बारबर्दियामा रम्मापुर र सत्खलुवामा गरी २ ठाँउमा होमस्टे खुलेका छन् । खेतीपाती गर्दै आएका स्थानीयका लागि होमस्टे आम्दानीको नयाँ माध्यम बनेकाले रोजगारीका लागि परदेश गएकाहरू स्वदेश फर्किएको स्थानीय राधाकृष्ण चौधरीले बताउनुभयो ।रम्बापुर मध्यवर्ती सामुदायिक होमस्टेका पूर्वअध्यक्ष समेत रहनुभएका चौधरीले बर्दिया राष्ट्रिय निकुञ्जनजिक भएकाले होमस्टे चलाउन समस्या नरहेको बताउनुभयो । निकुन्ज घुमाउने, हात्ती सफारी गराउने, नजिकै रहेको बबई नदिमा ¥याफ्टीङ्ग गराउने लगायतका काम होमस्टेले गर्दै आएका छन् । नेपाल पर्यटन वर्षलाई लक्षित गर्दै २०७६ पौषमा खुलेका होमस्टे कोरोना लगत्तै बन्द भएका थिए । तर केही महिना यता पर्यटकको उपस्थिति व्यापार व्यवसाय बढेको सञ्चालक भरत चौधरीले बताउनुभयो । होमस्टेका लागि चाहिने आवश्यक खानेकुरा स्थानीयले आफ्नै खेतमा उब्जाउने गरेका छन् । पर्यटन प्रवद्र्धन गर्न सघाउने र स्थानीयको आयस्तर उकास्ने भएकाले होमस्टे प्रवद्र्धनमा स्थानीय पालिकाले पनि सघाउदै आएको छ । प्रति होमस्टे निर्माणका लागि झण्डै ८ लाखदेखी १२ लाख बढी लगानी गरिएको छ । रम्बापुरमा हाल ८ ओटा होमस्टे सञ्चालनमा छन् । बाँकी ४ वटासञ्चालनमा आउने तयारीमा छन् ।