बासुका विद्यार्थीहरुले गर्याे, आज माक प्याखंको परिक्रममा
भक्तपुर, भाद्र ६ गते
बासु माविका विद्यार्थीहरुले गुन्हिपुन्ही पर्वको अवसरमा आज माक प्याखं प्रदर्शनी गरेका छन् । विद्यालयका ३२ जना विद्यार्थीहरुले हातमा दुई दुईवटा लठी घुमाउँदैै माक प्याखं नाचेका हुन । गत वर्ष देखि सिकेका विद्यार्थीहरुले भक्तपुर नगर परिक्रममा गर्दै माक प्याखं प्रदर्शनी गरेका हुन । विद्यालयका शिक्षक विष्णुप्रदसाद दुमरुका अनुसार विद्यार्थीको पाठ्यक्रम अनुसार विद्यार्थीहरुलाई साँस्कृतिक महत्व झल्काउन सो नाँच सिकाएका हुन । विद्यार्थीहरुलाई धिम्या बाजा समेत प्रशिक्षण दिइसकेको उल्लेख गर्दै शिक्षक दुमरुले पाठ्यसामग्रीमा कला संस्कृति सम्बन्धि धेरै नाँचगानका सामग्री रहे पनि बढी विद्यार्थी सहभागि गराउन सकिने भएकाले माक प्याखं सिकाएको उल्लेख गर्दै नाँच सिकेका सयौ विद्यार्थीहरु मध्ये पनि उत्कृष्ठ ३२ जना विद्यार्थीहरुलाई मात्र नगर परिक्रममा लगिएको बताए ।


यता विद्यार्थीहरुले नाँच्न पाएर खुव रमाएका छन् । नेवाः समुदाय मात्र नभई थापा, बदुवाल सहित विभिन्न जातजातीका बालबालिकाहरुले बाजाको तालमा माक प्याखं नाचेका हुन । हा,े हामीले माक प्याखं सिकेका छौं, बाजाको तालमा नाच्न आउँछ, नगर परिक्रममा गर्दा हाम्रो शारीरिक अभ्यास पनि हुन्छ, रमाइलो पनि हुन्छ, गत वर्ष पनि गएका थियौं, यो वर्ष पनि हामीले ३ दिन अभ्यास गरी आज नगर परिक्रममा जाने तयारी गरेका छौं, सहभागि विद्यार्थीहरुले बताए । यसै बीच बासुमाविका बालबालिकाहरुलाई विद्यालय प्रांगणमै घिन्तघिसी नाँच पनि सिकाएका छन् ।














