उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगितामा भक्तपुरको जित
भक्तपुर, ९ कार्तिक । उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिता सि समूहको आज भएको लिग चरणको खेलमा भक्तपुर नगरपालिकाले पुतली बजार नगरपालिका स्याङ्जालाई ८–१ गोलले भक्तपुर नगरपालिका विजय भयो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भएको खेलमा ३१ वटा टीम सहभागी भएको आजको भक्तपुर र पुटली बजार बीच भएको खेलमा जर्सि नंल ११ का अञ्जली मचामसी प्लेयर अफ दि म्याच हुन सफल भएको थियो भने अतिथि भनपा वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले प्लेयर अफ दि म्याच वितरण गर्नु भयो । त्यस्तै जर्सि नं ५ का करुणा परियारले गेममा हााट्रिक गरेको थियो भने जर्सि नं ७ का मनिषा बास्कोटाले पहिलो गोल सहित दुई गोल गरेको थियो । त्यस्तै जर्सि नं ८ का सिम्रन बस्नेतले २ गोल, जर्सि नं ११ का अञ्जली मचामसिले १ गोल गर्यो । उक्त कार्यक्रममा भनपा वडा नं १ का अध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले एन्फाका केन्द्रीय सदस्य पेम्बा लामालाई मायाको चिनो प्रदान गरेको थियो ।















