भक्तपुर नगरपालिकाद्वारा बिद्यालय सञ्चालन गर्न शिक्षाविद् तथा स्वास्थ्यविद्हरूसँग परामर्श ।
२०७८ असोज ५ गते, मंगलबार
भक्तपुर नगरपालिकाले कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने विषयमा शिक्षाविद् तथा स्वास्थ्यविद्हरूबीच मंगलबार छलफल तथा परामर्श चलाएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सुरक्षित र व्यवस्थित ढंगले विद्यालय सञ्चालन गर्ने विषयमा उहाँहरूसँग छलफल तथा परामर्श गर्नुभयो ।
छलफलमा उपप्रमुख जोशीले विद्यालय सञ्चालन गर्न विभिन्न सरोकारवालाहरूसँग चरणबद्ध रुपमा छलफल गरी रचनात्मक सुझावहरू प्राप्त भएको बताउनुभयो प्राप्त सुझावअनुरुप सुरक्षित ढंगले स्वास्थ्य मापदण्ड अपनाई विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।
उहाँले कोभिड १९ बाट विद्यार्थीहरूलाई कसरी सुरक्षित गर्ने विषयमा आफूहरू संवेदनशील भएको बताउनुहुँदै विद्यालय, अभिभावक र विद्यार्थीहरूले विद्यालय सञ्चालन गर्नुपर्ने मागहरू राख्दै आएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले छलफलबाट सकारात्मक सुझावहरू प्राप्त भएको बताउनुहुँदै कोभिड संक्रमण घट्दो क्रममा रहेको अवस्थामा विद्यालय सञ्चालन गर्ने विषयमा नगरपालिका सकारात्मक रहेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले भक्तपुरमा कोभिड १९ संक्रमण घट्दो क्रममा रहेको बताउनुहुँदै विद्यालय सञ्चालन कार्यविधिअनुरुप कक्षाहरू सञ्चालन गर्नुपर्ने, विद्यार्थीहरूमा कुनै स्वास्थ्य समस्या देखिए स्थानीय तहका स्वास्थ्य संस्थासँग सहजीकरण गर्न सकिने विचार राख्नुभयो ।
ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले विद्यालयहरूले स्वास्थ्यसम्बन्धी सम्पर्क व्यक्ति तोकेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा शिक्षासेवीहरू विनोदचरण राय, लक्ष्मीभक्त बासुकला, योगेन्द्रमान बिजुक्छेँ, ज्ञानसागर प्रजापति, सुशिला कर्माचार्य, गीता केसी, बालमुकुन्द बासुकला, अम्बिकामान मानन्धर, सिद्धिरत्न शाक्य, उद्धव सुजखु र गौतमप्रसाद लासिवाले विद्यालय अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, विद्यालयले विद्यार्थी र परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुपर्ने, भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको ठूलो दबाब भएको हुँदा शैक्षिक गुणस्तर कायम गर्न भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नुपर्ने, एक विद्यालय एक नर्सअन्तर्गतका स्वास्थ्यकर्मीहरूलाई विद्यालयमा नियमित रुपमा अनुगमन र परिचालन गराउनुपर्ने, तल्लो कक्षाका विद्यार्थीहरूको लागि अनलाइन कक्षा प्रभावकारी नभएको, विद्यालय व्यवस्थापन समितिलाई क्रियाशील बनाउनुपर्नेलगायतका धारणाहरू राख्नुभएको थियो ।
कार्यक्रममा नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले स्मार्ट लकडाउन कार्यविधि, विद्यालय सञ्चालन कार्यविधिबारे प्रष्ट पार्नुहुँदै विद्यालय सञ्चालन गर्नुपूर्व विद्यालयहरूले शिक्षक–कर्मचारीहरूको खोपको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...












