कवि प्रदिप रत्न शाक्यकाे एकल कविता वाचन कार्यक्रम ।
भक्तपुर,
विराट नेपाल भाषा साहित्य सम्मेलन गुथि, भक्तपुरले हरेक महिना सञ्चालन गर्दै आईरहेकाे स्रष्टाहरूकाे एकल साहित्य वाचन कार्यक्रमलाई निरन्तरता दिँदै विराट चिधं दबुमा कवि प्रदिप रत्न शाक्यकाे एकल कविता वाचन कार्यक्रम सम्पन्न भयाे ।
कार्यक्रममा उहाँले बि.सं. २०३९ साल देखि २०६३ सालसम्म नेपालभाषामा लेखिएका विविध कविताहरू मध्ये “शान्ति ? “, “समस्या “, क्वागु हिं ला जिवन बिमा:गु ख: “, “पासाङ”, “निभा: जीवन सिर्जना ख: “, “लसकुस “, “धुँ ” “थाैं जिगु दे “, “न्हुगु वस्ति ला सिर्जना याये मा : “, “थ:गु हे विश्वास म्वया च्वना ” “इतिहासं म्वायनका च्वनाम्ह जि” शीर्षकका ११ वटा आफ्ना कविताहरू वाचन गर्नुभयाे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु हुँदै विराट गुथिका अध्यक्ष साहित्यकार महेन्द्र गाेपाल कर्माचार्यले कवि शाक्यकाे जीवनकाे विविध पाटाे केलाउँदै विराट गुथीमा उहाँकाे सक्रियता र नेपालभाषा साहित्य क्षेत्रमा पुर्याउनु भएकाे याेगदानबारे चर्चा गर्नुभयाे ।
त्यसैगरी कार्यक्रमकाे अध्यक्षता गर्नुहुँदै कवि नविन प्रकाश श्रेष्ठले कवि शाक्य एक राजनैतिक चेत भएकाे र आफ्नाे सिद्धान्तमा अडिग रहेकाे व्यक्तित्व भएकाे चर्चा गर्नुहुँदै वाचित कविताहरूमा दर्शन, शान्तिकाे चाहना र कतै विद्राेही स्वभाव झल्किएकाे आभाष मिलेकाे बताउनुभयाे । साथै उहाँले शान्त र सादा जीवनका व्यक्तित्व कवि शाक्यले वाचन गर्नुभएका कविताहरू पञ्चायतकाल देखि विभिन्न परिस्थितिमा भएका शासनकाल र विचलन अनि विकृतिमाथिकाे यथार्थ प्रहार भएकाे चर्चा गर्नुभयाे । कार्यक्रमकाे सञ्चालन गर्नुहुँदै गुथीका सुलाेचना सैंजुले कवि प्रदिप रत्न शाक्यले अझ सशक्त कविताहरूकाे रचना गर्दै गुथीकाे आगामी ६५ आैं सम्मेलनमा नयाँ कविता सङ्ग्रह प्रकाशन हुनेमा आफू विश्वस्त रहेकाे बताउनुभयाे ।
Featured Posts – Style 1
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...
भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
2026-08-27 Comments Off on भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको...
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिनकाठमाण्डौ, भाद्र १० गतेआज विहान ८ बजे र ४० मिनेटमा गएको...
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिनभक्तपुर, भाद्र १० गतेभोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ ।...
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
2026-08-26 Comments Off on टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचितकाठमाडौं, २०८३ भदौ १० गते, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल)को ३१औँ वार्षिक...














