भक्तपुरको क्षयरोग नियन्त्रणमा स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वपूर्ण भूमिका

भक्तपुरको क्षयरोग नियन्त्रणमा स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वपूर्ण भूमिका

भक्तपुर । २०८१ चैत्र ११

भक्तपुर नगरपालिकाको आयोजनामा विश्व क्षयरोग दिवसको अवसरमा आज स्वास्थ्य स्वयम्सेविका, वडा नर्स र अन्य स्वास्थ्य केन्द्रका सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको क्षयरोग नियन्त्रणमा स्वास्थ्य स्वयम्सेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै समाजमा पूर्ण रुपमा क्षयरोग निर्मुल नभएसम्म यस रोगको जोखिम रहीरहने बताउनुभयो ।

क्षयरोग नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रमहरु निरन्तर गरिरहनुपर्नेमा जोड दिँदै उहाँले शरीर रोगी भए पछि जति नै धन सम्पत्ति भए पनि त्यसको कुनै अर्थ नहुने धारणा राख्नुभयो ।