एमसीसी विरुद्धको जुलुस र धर्नामा प्रहरी हस्तक्षेप, दजनौ घाइते, शान्तिपूर्ण प्रदशर्न गर्ने जनताको अधिकार हनन् नगर्न देउवा सरकारलाई खवरदारी !

एमसीसी विरुद्धको जुलुस र धर्नामा प्रहरी हस्तक्षेप, दजनौ घाइते,
शान्तिपूर्ण प्रदशर्न गर्ने जनताको अधिकार हनन् नगर्न देउवा सरकारलाई खवरदारी !
काठमाण्डौ, भाद्र २१ गते
एमसीसी विरुद्धको जुलुस र धर्नामा प्रहरी हस्तक्षेप हुँदा दजनौ घाइते भएका छन् । काठमाण्डौको रत्नपार्कबाट शान्तिपूर्णरुपमा भोताहिती, असन, थमेल हुदै भित्रि सडकबाट पानी पोखरी पुग्नेक्रममा चक्रपथ पुग्नेबितिक्कै प्रहरीले जुलुस रोक्न थालेका थिए । निषेधित क्षेत्र नभएका ठाउँबाटै विरोध जुलुस रोक्न थालेपछि प्रदर्शनकारीहरुले प्रहरीको घेरा टोड्दै अमेरिकी राजदुतावासतर्फ धर्ना दिन हिडेका थिए । शिक्षण अस्पताल पछाडिबाट दुतावास अगाडि धर्ना दिन लागेका प्रदर्शनकारीहरु र प्रहरी बीच एकछिनको ठेलमेलमै प्रहरीले लाठी चार्ज गर्नेक्रममा दजनौं प्रदशनकारी र्घाइते भएका हुन ।


काठमाण्डौको रानी पोखरी बनाउन ज्यामि नाइके भएर खतिएका कृष्णप्रसाद दुमरु सो लाठिचार्जबाट सक्त घाइते भए । उहाँको टाउको फुट्ने गरी र रगत बग्ने गरी प्रहरीद्वारा लाठी चाज गरेका थिए । सोक्रममा लक्ष्मिप्रसाद ह्यौमिखा, कृष्णप्रसाद कोजू , रामेश्वर रानामगर, दिनेश विक, श्याम बासुकला, जगतराम धुख्वा, रोनित त्वायना लगायत दजनौं घाइते भएका थिए ।
नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा सो जुलुस गृह प्रशासनलाई जानकारी दिएर आयोजना गरेको थियो यद्यपी प्रहरी हस्तक्षप भई दजर्नौ प्रदशनकर्मीहरु घाइते भएपछि नेपाल मजदुर किसान पार्टीले एक विज्ञप्ति जारी गरी त्यसको विरोध एवं निंदा गरेको छ । एमसीसीको विरोध एवं खारेजीको माग सहित भाद्र २१ गते विरोध प्रदर्शन गर्ने बारे काठमाण्डौ जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराएको भए पनि प्रहरी हस्तक्षप भएको भन्दै नेमकिपा सचिव एवं सांसद प्रेम सुवालले विज्ञप्ति मार्फत त्यसको विरोध एवं निन्दा गरेको हो ।


विज्ञप्ति मार्फत नेता सुवालले शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन गराउने गृह प्रशासनका अधिकारीमाथि कार्वाईको माग गरेको छ । “एशियामा युद्ध थोप्ने र नेपालमा पनि अमेरिकी सैन्य अखडा राख्ने नियतसहित अगाडि बढाइएको एमसीसी सम्झौता अविलम्ब खारेज गर्न हामी पुनः जोड दिन्छौं ।” विज्ञप्तिमा भनिएको छ । शान्तिपूर्ण प्रदशर्न गर्ने जनताको अधिकार हनन् नगर्न देउवा सरकारलाई खवरदारी दिएको छ । । “देशघाती एमसीसी सम्झौता खारेजीको संघर्षमा साथ दिन सम्पूर्ण नेपाली जनतालाई हामी पुनः आह्वान गर्दछौं” प्रेस वक्तव्यमार्फत आग्रह गरेको हो ।