भक्तपुर उद्योग वाणिज्य संघ र भक्तपुर ईन्टरनेशनल अस्पतालबीच सेवा सम्बन्धी सम्झौता
१९ भाद्र २०७८, भक्तपुर ।
भक्तपुर उद्योग वाणिज्य संघका सदस्यहरु तथा वहाँहरुका परिवारका सदस्यहरुको स्वास्थ्य उपचार लगायत प्रयोगशाला परिक्षण, ओपिडी, एक्सरे, तथा अन्य आकश्मिक सेवाहरुमा विशेष सहुलियत दर र छुट सहित सेवा उपलब्ध गराउने विषयमा संघ र कौशलटार स्थित भक्तपुर ईन्टरनेशनल अस्पतालबीच सम्झौता भएको छ । भक्तपुर उद्योग वाणिज्य संघमा आयोजित एक समारोहमा संघको तर्फबाट अध्यक्ष श्री प्रदीप श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो भने अस्पतालको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्री रामजीकुमार श्रेष्ठले हस्ताक्षर गर्नु भयो ।
उक्त अवसरमा बोल्दै संघका अध्यक्ष श्री प्रदीप श्रेष्ठले यस सम्झौताले संघका सदस्यहरुलाई अस्पतालले राम्रो सेवा प्रदान गरी शुल्कमा पनि विशेष सहुलियत दिने भएको हुनाले यसले राम्रो र सकारात्मक सन्देश प्रवाह हुने कुरामा विश्वास व्यक्त गर्नु भयो । यस सम्झौता पश्चात संघका सम्पूर्ण बहालवाला सदस्यहरुलाई प्रिभिलेज्ड् कार्ड प्रदान गरिने हुनाले यसबाट हाम्रा सदस्यहरु अनावश्यक झमेलाबाट जोगिने पनि बताउनु भयो । त्यस्तै वहाँले यस सम्झौताले सदस्यहरुलाई स्तरीय स्वास्थ्य उपचारमा सहजिकरण हुन्छ भयो ।
त्यसै गरी अस्पतालका प्रमुख प्रशासकीय अधिकृत श्री रामजी कुमार श्रेष्ठले यस समझौताले अस्पताल र संघबीच रहेको सम्बन्धलाई अझ प्रगाढ पार्ने छ भन्दै अस्पतालले गुणस्तरीय सेवा प्रदानमा कुनै कमी नगर्ने विश्वास दिलाउनु भयो । त्यसै गरी अस्पतालले संघका सम्पूर्ण सदस्यहरुको प्रिभिलेज्ड् कार्ड बनाउन शुरु गरि सकेको र केही दिन मै उपलब्ध गराउने पनि बताउनु भयो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष श्री शिव प्रसाद मानन्धरले संघका सदस्यहरुका लागि यो राम्रो सेवा हुने बताउँदै यसमा कुनै पनि प्रकारले सेवाको स्तरमा कमी नहोस् र यसले उदाहरणीय नतिजा देओस् भन्ने कामना गर्नु भयो । कार्यक्रममा संघका पूर्व अध्यक्ष, सल्लाहकार तथा कार्य समिति सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














