विद्यालयस्तरीय क्सिङ्ग छनोट प्रतियगितामा भक्तपुरका छात्रा सायेरा गोसाई प्रथम
ललितपुर । राष्ट्रव्यापी जूनियर तथा विद्यालयस्तरीय छात्र छात्रा बक्सिङ्ग छनोट प्रतियगितामा भक्तपुरका सायेरा गोसाई प्रथम भएका छन् । नेपाल बक्सिङ्ग महासंघको आयोजनामा सो प्रतियोगिता अन्तराष्ट्रिय खेलकुद परिसर ललितपुरमा श्रावण ११ बाट शुरु भएको थियो भने सो प्रतियोगिता १४ गते सम्पन्न भएको थियो ।
नेपाल बक्सिङ्ग महासंघका अध्यक्ष राम अवालेको अध्यक्षतामा संचालन भएको छनोट प्रतियोगिता साउन ११ बाट साउन १४ गते सन्चालन भएको थियो । उक्त प्रतियोगिता जुनियर महिला तर्फ ७ जना, जुनियर पुरुष तर्फ ८३ जना, विद्यालय तर्फ छात्र ४४ जना र छात्रा तर्फ १४ गरी जम्मा १४८ खेलाडी सहभागीता रहेको प्रतियोगिताका बागमति प्रद्रेश सचिब रामकृष्ण प्रजापतिले जानकारी दिनुभएको छ ।

२०२४ अगस्ट २७ तारिखदेखि सेप्टेम्बर १० तारिखसम्म युनाईटेट अरव इमिरेट (दुवई)मा संचालन हुने एशियन जूनियर र विद्यालय स्तरीय छात्रा तथा छात्रहरुको एशियन बक्सिङ प्रतियोगिता(२०२४ मा यस प्रतियोगिताबाट विजेताहरु मध्येबाट उत्कृष्ट खेलाडीहरुलाई नेपालबाट प्रतिनिधित्व गराईने नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।
श्रावण ११ गते सम्पन्न प्रतियोगिताको नतिजा यस प्रकार छ । जुनियर छात्रातर्फ ४६ किलोतौलमा दमकका दिप्सा काम्बाङ्गले बक्समाण्डुका हसिना डंगोललाई पहिलो राउण्डमै आरएसीका आधारमा पराजित गरे । स्कुल छात्रा ४९ किलो तौलतर्फ भक्तपुरका सायरा गोसाईले सीजीजीका सेलेक्सी बम्जङ्गलाई ५ः० युनानिमस डिसिजनका आधारमा पराजित गरे ।
यसैगरी श्रावण १२ गते भएके खेलमा ४९ किलो तौल समुहमा भक्तपुरका सायेरा गोसाईले झापाकि रीना राईलाई ४(१ अंकको अन्तरबाट पराजित गर्दै प्रथमस्थान हासिल गरिन भने सीजीजीका सेलेस्टी बम्जनले तृतिय स्थान हासिल गरिन्। त्यसैगरी छात्रा तर्फकै ५५ किलो तौलसमुहमा आरडीएसका सुदेस्ना राजबंशीले बक्समाण्डुका आस्था शेरचनलाई युनानिमस डिसिजन ५(० को आधारमा पराजित गरिन् । सेमिफाइनलमा ४८ किलो तौल समुहमा दाङ्गका लोकेश पुनले भक्तपुरका भाष्कर खड्कालाई ४ः१ अंकको आधारमा पराजित गरे भने तेश्रो स्थानमा भक्तपुरका खेलाडी सिमित भयो । सोहि तौल समुहमा अल्फाका कमल गुरुङ्गले फाईटका वाङजुक्ला भोटेलाई ५ः० अंकको आधारमा पराजित गरि फाईनल खेलमा भेट फक्का गरेका थिए ।
यसै गरी १३ गते भएको ४८ केजि खेलमा भक्तपुरका भाष्कर खड्कालाइ दाङका लेकेश पुनले परजित गरेको थियो तेश्रो स्थानमा भक्तपुरका खेलाडी सिमित भए भने ५७ केजिमा भक्तपुरका गैरब पुनलाइ भाइबका मिसन गुरूङले पराजित गरेको थियो । ५२ केजि तर्फ अंकित कार्कीले भक्तपुरका अलिस त्वायनालाई पराजित गरेको थियो भने देश्रो स्थानमा भक्तपुरका खेलाडी सिमित भयो । । त्यस्तै ३३ केजिका भक्तपुरका खेलाडी एचटुवबाट खेलेका अनुज दुगुजुलाई ललितपुरका प्रदिप नेपालीले पराजित गरेपछि देश्रो स्थानमा भक्तपुरका खेलाडी सिमित भयो ।













