काठमाण्डौ उपत्यकामा थप एक साता निषेधको आदेश
भक्तपुर, भाद्र १० गते
बुघबार राती १२ बजे देखि सकिन लागेको काठमाण्डौ उपत्यकाको लक डाउन भाद्र १७ गतेसम्मको थप गरिएको छ । कोरोना भाईरस संक्रमितको संख्या दिनप्रतिदिन बढी रहेको कारण एक हप्ताको निषेधाज्ञाको आदेश जारी गरेको हो । काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु एंव उपत्यकाका स्थानीय तहका जनप्रतिनिधीहरुको सहमतिमा सो आदेश जारी गरेको हो । अतिआवश्यक काम बाहेर घर बाहिर नआउन तथा आएमा संक्रामक रोग ऐन २०२०को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र सरकारको निर्देशन बमोजिम जारी आदेशमा उल्लेखित विषयहरु निम्नानुसार छन् ।














