ताथलीमा पहिरोको जोखिम, ५० घर परिवार प्रभावित

ताथलीमा पहिरोको जोखिम, ५० घर परिवार प्रभावित

भक्तपुर, श्रावण ४ गते
चाँगुनारायण नगरपालिका वडा नम्वर ९का विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ । ताथलीको गिरी टोलमा पहिरोले सानुभाई गिरीको नवनिर्मित घर जोखिममा परेको छ भने गणेशमाविको पर्खाल भत्किएको छ । यसै गरी नालाछापमा पनि पहिरोको जोखिम बढेपछि तत्काल पहिरो रोक थामका लागि पहिरो गइरहेको ठाउँमा त्रिपाल बिछ्याउने काम सम्पन्न गरी वडा कार्यालयले नगर विपद् व्यवस्थापन समिति, प्रहरीलाई समेत खवर गरी आवश्यक सहयोगको लागि अनुरोध गरी सकेको वडाध्यक्ष गणेश त्यातले जनाउनु भएको छ । गिरी टोलमा भएको पहिरोले बाटो समेत अवरुद्ध गरेपछि सो क्षेत्रका ५० घर परिवार प्रभावित हुनुका साथै अन्य दुई घर समेत प्रभावित रहेको उहाँले जनाउनु भयो । निरन्तर परिरहेको पानीले पहिरोको जोखिम बढ्न थालेकाले थप सर्तक हुन आवश्यक भएको भदै जनप्रतिनिधी त्यातले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्