श्रावण ८ गते देखि सार्वजनिक यातायात चलाउने तयारी
भक्तपुर, श्रावण ४ गते
लक डाउनसँगै बन्द रहेको सार्वजनिक यातायातका साधनहरु श्रावण ८ गते देखि सञ्चालन गर्ने तयारी थालेको छ । नेपाल राष्ट् बैंकको मौद्रिक नीतिले ब्यवसायीहरुको अधिकांस मागहरु पूरा गरेको भदै व्यवसायीहरु यातायात सञ्चालनको तयारीमा जुतेकोे भक्तपुर ख्वप यातायात प्रालिले जनाएको छ । नेपाल यातायात व्यवसायी महासंघ र सरकार बीच मंगलबार सम्झौता भएपछि श्रावण ८ गते देखि यातायात सञ्चालन गर्ने तयारीमा जुत्ने भएको प्रालिका अध्यक्ष गणेश लोहलाले जनाएको हो । सिट संख्याको आधा यात्रु मात्र बोक्ने, ४० प्रतिशत भाडा वृद्धि गर्ने, वसमा स्यानिटाइजर राख्ने तयारीका साथै लामो समय देखि ग्यारेजमा रहेको गाडीलाई कण्डिशनमा ल्याउन मर्मत कार्यसमेत हुन थालेको उहाँले बताए । महासंघ र सरकार बीचसम्झौता भएपछि यातायात सञ्चालन निश्चित हुने उल्लेख गर्दै उहाँले व्यवसायीका साझा समस्या समाधान हुने हिसावले सेवा भावका साथ वस सञ्चालन गर्ने सोच विकास गरेको जनाएको छ । चालक परिचालकको कोरना विमा गर्ने, पीपिइ सेटको व्यवस्था गर्नेमा सरकारले व्यवस्था गराउने पहल भइरहेकोे जनाउँदै उहाँले जोड बिजोर गरी सवारी सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि बताए । सो प्रालिसँग ३ सय २७ वटा वसहरु रहेको र अन्य व्यवसायीको पनि वस रहेकाले यात्रुको माग, यातायात व्यवसायी र सरकारी निकायको समन्वयमा श्रावण ८ गते देखि यातायात सञ्चालनमा ल्याउने अन्तिम तयारीमा रहेको समेत उहाँले जनाए ।












