कोरोना संक्रमण मुक्त हुनेक्रम बढदोः आज एक्कै दिन १८१४ भए निको
काठमाण्डौ
शनिबार देशभरबाट १५६६ जना कोरोना मुक्त भएका थिए भने आज पनि देशभरबाट शनिबार भन्दा बढी र अहिलेसम्मकै बढी कोरोना संक्रमित निको भएर घर फर्केका छन् । आज एक्कै दिन १ हजार ८१४ जना संक्रमित निको भएको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईबार देशभर ९८० जना थप संक्रमित भएको जनाएको छ । १० हजार ३८२ जनाको कोरोना परीक्षण गर्दा २९० महिला र ६९० पुरुष सहित ९८० जनमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । काठमाण्डौ उपत्यकामा भने ३५४ थप संक्रमित भएको छन् । भक्तपुर र ललितपुरमा ३२र३२ र काठमाण्डौमा २९० गरी ३५४ संक्रमित थपिएका हुन । आज थप भएका संक्रमित सहित देशभर कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । यो क्रममा २८ हजार ९४१ जना कोरोना मुक्त भइसकेका छन् । बाँकी १७ हजार २७ जना सक्रिय संक्रमितहरुको उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित मध्ये आज काठमाण्डौका ३ जना सहित ९ जनाको थप निधन समेत भएको पनि मन्त्रालयले जनाएको छ । अहिले सरकारी आइसोलेसनमा ९ हजार २०१ र होम आइसोलेसनमा ७ हजार ८२६ रहेका छन् । क्वारेन्टिनहरुमा भने ४ हजार ७ सय ३ जना रहेको पनि मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए । कोरोना संक्रमण मुक्तहरुको दर भने ६३ प्रतिशत रहेको पनि जनाएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













