भक्तपुरका उत्कृष्ठ करदाता र कर्माचारी सम्मानित
भक्तपुर, मंसिर ७ गते
भक्तपुरका उत्कृष्ठ करदाता र कर्मचारी सम्मानित भएका छन् । १३ औं राष्ट्रिय कर दिवसको अवसरमा आज आन्तरिक राजश्व कार्यालय भक्तपुरले आफ्नो सभाहलमा आयोजित एक कार्यक्रम बीच जिल्लाका उत्कृष्ठ करदाता तथा कार्यालयका उत्कृष्ठ कर्मचारीलाई सम्मानित गर्नुका साथै पुरस्कृत गरेका हुन ।
यसरी सम्मानित हुनेमा व्यवसायीहरुको तर्फबाट बेदालय कन्स्ट्रक्सन प्रा.लि.मध्यपुर थिमीका संचालक जयराम अर्याल र उत्कृष्ठ कर्माचारीको रुपमा ईश्वर थापा रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुर जिल्लामा आर्थिक गतविधि बढाउन प्रमुख जिल्ला अधिकारीको तर्फबाट उच्चतम पहल हुने बताउनु भयो । व्यवसायीको लगानी सुनिश्चित गरी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिदै प्रजिअ अर्यालले व्यवसाय सुधारकालागि कर प्रणाली निरन्तर सुधारकोक्रममा रहेको र राजनैतिक प्रणाली पनि लोतान्त्रिक पद्धतिमा हिडि रहेकोले उद्यमीकालागि राम्रो वातावरण बनिरहेको बताउँदै सरकारले कम खर्चमा बढी जनहितकारी कार्यमा ध्यान दिने भएपनि विभिन्न करबाटै सरकारको बजेट निर्माण हुने भएकाले व्यवसायीको मनोबल बढाएर कर प्रणाली मजबुत पार्नु पर्नेमा जोड दिनु भयो ।


विभिन्न कर शिक्षा सम्वन्धि सचेतनामूलक कार्यक्रमहरुका साथ एक हप्तासम्म मनाएको कर सप्ताहको समापन गर्दै आयोजित सो सम्मान कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख दीलिपकुमार गौतमले हरेक वर्ष उत्कृष्ठ करदातालाई सम्मानित गर्दै आएको उल्लेख गर्दै कर शिक्षाको अभावमा व्यवसायीहरुलाई विभिन्न समस्या देखिएकोले सहजिकरणकालागि कर सप्ताहसँगै विभिन्न क्षेत्रमा कर शिक्षा दिदै आएको बताउनु भयो ।
व्यवासायतर्फ ४३हजार४३३ र व्यक्रिगत तर्फ १लाख ५ हजार ६६५ करदाता भएको आन्तरिक राजश्व कार्यालय भक्तपुरले यस वर्ष श्रावण देखि कार्तिकसम्म ९१६ व्यवसाय र ४५८१ व्यक्तिगत तर्फका करदाता दर्ता भएको जनाएको छ । आ.व. ५ २०८०र८१को लक्ष्य ५ अर्ब ७६ करोड २९ लाख ४१ ह्जार रहेकोमा असूली ४ अर्ब ८६ करोड ५२ लाख ५१ हजार प्राप्त गरी लक्ष्यको तुलनामा ८४ प्रतिशत प्रगति भएको जनाएको छ । यो आ.व. २०७९।८०को लक्ष्यको तुलनामा १०५ प्रतिशतको प्रगती भएको पनि कर कार्यालय भक्तपुरले जनाएको छ । यस आ.ब. २०८१।८२कोलक्ष्य गत आ.ब २०८०।८१को असूलीको आधारमा यस वर्ष २५ प्रतिशत थप जम्मा १२५ प्रतिशतले हुने लक्ष्य ६ अर्ब ९ करोड १९ लाख ८३ हजार तोेकेका छ । सो लक्ष्य अनुसार कार्तिक मसान्तसम्ममा १ अर्ब ९५ करोड ८६ लाख ५५ हजार असुली गरी ७७ प्रतिशत अर्थात १ अर्ब ५० करोड ९६ लाख ४१ ह्जार असूली भएके जनाएको छ ।
कर प्रणालीको सार, लगानीको आाधार मुल नाराका साथ मंसिर १ गते देखि ७ गतेसम्म मनाएको १३ औं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण एवं समापन कार्यक्रममा भक्तपुर उद्योग व्यवासयी संघका अध्यक्ष रोशनीमैया धौबन्जा, भक्तपुर चेम्वर अफ कर्मशका अध्यक्ष कविदास श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजा सहितका अतिथिहरुले करदाताको उचित सम्मानले व्यवसाय प्रवर्धन र करको दायरा बढाउन प्रोत्साहन मिल्ने भन्दै व्यवसाय प्रवर्धनमा कर नीतिका समस्या र गुनासाहरु बारे आआफ्नो धारणा व्यक्त गरेका थिए ।















