भक्तपुरका २ जना सहित १ सय ४७ जनामा बिहिवार कोरना संक्रमण पुष्टि

भक्तपुरका २ जना सहित १ सय ४७ जनामा बिहिवार कोरना संक्रमण पुष्टि

भक्तपुर, श्रावन ८ गते

भक्तपुरका २ जना सहित १ सय ४७ जनामा बिहिवार कोरना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा काठमाण्डौका २ जना र ललितपुरका ५ जना समेत रहेको जनाएको हो । गत २४ घण्टामा मुलुकभर परीक्षण गरिएको ३ हजार ४८१ नमूना संकलनको परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि गरेको हो । यो संगै देशमा कोरना संक्रमितको १८ हजार २४१ पुगेको छ । कोरना संक्रमणबाट मुक्त हुनेको संख्या भने १२ हजार ८४० पुगेको छ । बिहिबार मात्र १ सय ५६ जना कोरना मुक्त भएका हुन । अहिले ५ हजार ३ सय ५८ संक्रमितहरुको उपचार भइरहेको छ । रेड जोनमा ५ सय ३० जना रहेका छन् भने २० हजार ९८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएको हो । प्रवक्ता गौतमका अनुसार असार १० गते संक्रमित हुनेको दर ९.२ थियो भने श्रावन ७गते २.०६ प्रतिशत पुगेकोमा बिहीबार ४.२ प्रतिशत पुगेको छ ।

कोरनाका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गर्दै मन्त्रालयका प्रवक्ता डा. गौतमले देशमा कोरनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको जनाएको छ । बीरगञ्जका ७० वर्षीय एक पुरुषको कोरना भाइरसका कारण साउन ७ गते मृत्यु भएको मन्त्रालयले विहीबार पुष्टि गरेका हुन ।
विहिबार संक्रमण पुष्टि भएका भक्तपुरका दुई जनाहरु ३५ वर्षिय र ४८ वर्षिय पुरुष भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । योसँगै भक्तपुरका ५१ जनामा कोरना संक्रमण भइसकेका छन् भने ३० जना उपचारपछि घर फर्काइ सकेको छ ।