गाठामग पर्व कही मनाए, कही स्थगित, कोरना भाइरसको जोखिम व्यवस्थापन

गाठामग पर्व कही मनाए, कही स्थगित, कोरना भाइरसको जोखिम व्यवस्थापन

भक्तपुर, श्रावण ४ गते

कोरना भाइरस जोखिमका बाबजुत भक्तपुरका केही स्थानहरुमा गाठामग पर्व मनाएका छन् । कोरना भाइरसको जोखिममा सामाजिक दुरीलाई ख्याल गर्दै स्थानीय केही समुदायको सक्रियतामा गाठमग बनाएर यो पर्व मनाएका हुन । भूटप्रेट, पिचासबाट सुरक्षित हुने विश्वासका साथ मानिसहरुले घर आँगन सरसफाई गर्दै सिस्नु, पीडालु, भूस, गोबर, छ्वालीको मसाल बाल्दै घर चोख्याएर एवं टोल चोकको डोकानमा आगो तापेर गाठामग पर्व मनाएका छन् भने छ्वाली नर्कटले टोल टोलमा बनाएका गाठामगको आआफ्नो गणतव्यमा बिसर्जन गरेका छन् । नगरका टोलटोलमा बनाएका अधिकासं गाठामगको नगर बाहीर विसर्जन गर्ने परम्परा रेहेका छ ।

यसपालिको गाठामग पर्वमा भने भक्तपुरका सरोकारवालाहरु बीच गत हप्ता छलफल गर्दै भक्रपुर नगरपालिकाले औपचारिक रुपमा मात्र मनाउने निर्णय गरेकाले टोल टोलमा मनाइने यस पर्व केही टोलमा मात्र मनाएका हुन् । भक्तपुर नगरको मंगलाछे टोलमा गाठामग बनाउन छ्वाली, नर्कट संकलन गरी टोलबासीहरु पर्व मनाउने तयारीमा देखिएका थिए भने भक्तपुरको जेला, तौलाछे, ब्रम्हायणी दवु र त्वचामा केही सिमित स्थानीय समुदाय मिलेर पर्व मनाएका हुन् ।
गाठामग बनाउन स्थानीय जेष्ठ नागरिकहरु जागरुक देखिएका छन् । जेष्ठ नागरिकहरुलाई स्थानीय युवापिडीहरुले पनि साथ दिदै थिए । विगतका वर्षहरुमा युवाहरुको सहभागिता धेरै हुन्थ्यो कोरना भाइरस सर्नेजोखिमका कारण हेर्ने र पर्व मनाउने समुदायको सभागिता कम रहेकाछन् । कोरनाका कारण टोलमा पर्व नमनाइने भनिएकाले नगएको स्थानीयहरुको भनाई छ । नगरपालिका आफैले औपचारितकतामा मात्रै मनाउने भनिएकाले पर्व मनाउन नगएको गणेश गोसाइले बताए भने सधै हेर्दै आएको पर्व भएकाले घर चोच्याउने काम सकेर केही महिला दिदी बहिनीहरु प्नि पर्व हेर्न पुगेका देखिन्छन् ।
नेवार समुदायको मृत्युसंसार जस्तै गाठामगलाई अन्त्यस्ति गर्ने ऐतिहासिक एवं साँस्कृतिक पर्वको इतिहासकार एवं संस्कृतिविदहरुको आआफ्नै विश्लेषण रहेका छन् । यस पर्वबारे इतिहासमा कही अभिलेख नदेखिए पनि महाभारत कथामा घण्टाकर्णको भूमिका जस्तै समुदायमा गाठामुगलाई एक नास्तिक दैत्यको रुपमा उनको अन्त्यस्ति गर्ने परम्परा रही आएको इतिहासकार विश्वमोहन जोशीले जनाएका छन् । रोपाई कार्य सम्पन्न भएपछि किसानहरुको घर घरमा रहेको छ्वाली संकलन गर्दै सामुहिक रुपमा मनाउने यस पर्वले किरा फत्याग्राले रोपाई नबिगासोस भन्नका लागि रोपाई भएका डोल डोलसम्म छ्वालीको मसाल बालेर पर्व मनाउने परम्परा पुर्खाले चलाएको बैज्ञानिक परम्परा रहेको साहित्यकार तेजेश्वरबाबु ग्वंगले जनाएका छन् ।