विकासको नाममा साँस्कृतिक सभ्यता विनास नगर्न सरकारलाई प्रदेश सांसदहरुको आग्रह

विकासको नाममा साँस्कृतिक सभ्यता विनास नगर्न सरकारलाई सांसदहरुको आग्रह

हेटौडा, श्रावण ४गते
बुंगमति र खोकनाको ऐतिहासिक भूमि विकासको नाममा मास्न नहुने भदै बागमती प्रदेशका सांसदहरुले आवाज उठाएका छन् । आईतबार बसेको प्रदेश सरकारको बैठकमा सांसदहरुले विकासको नाममा साँस्कृतिक सभ्यता भएको खोकनाका जनतालाई सुकुम्बासी बनाउन लागेको भन्दै त्यसको विरोध गरेका हुन । समाजबादउन्मुख संविधानले जनताको संस्कृति र सभ्यता नस्त नगर्ने उल्लेख गर्दै सरकार विरुद्ध शनिबार खुडोलमा सामूहिक रोपाइ, मकै भट्मास छरेको सांसद सुरेन्द्रराज गोसाईले जनाउनु भयो । सांसद गोसाईले वर्षातमा बाढि, पहिरो र डुवानका समस्या हुने थाहा हुँदा हुँदै प्रभावित क्षेत्रमा सरकारले पर्याप्त पूर्वतयारी र ध्यान नदिएको बताउँदै अनलाई शिक्षा समेत बन्द हुने अवस्थामा पुग्दा समेत बालबालिकाको भविष्यलाई ख्याल गरी संस्थागत तथा नीजी विद्यालयका समस्याप्रति सरकारले ध्यान दिनुपर्र्नेमा जोड दिनु भयो । नीजी विद्यालयलाई यो मौकामा कि सरकारले अधिकरण गर्न, नभए मागहरु सम्बोधन गर्न सांसद गोसाईले आग्रह गर्नु भयो । सांसद सृजना सैंजू भूगोल वस्ती वस्ती जोड्न आर्थिक, सांस्कृतिक, सामाजिक सम्बन्ध जोड्न सडकको भुमिका रहे पनि त्यहि सडकले साँस्कृतिक र जातिय दमनको कारण बन्न नहुनेमा जोड दिनु भयो ।

संसाद विजया केसी, राजकाजी महर्जनले खोकनाको सम्पदा सखाप हुने गरी दु्रत मार्ग लगायत विभिन्न योजनाहरु सञ्चालन गर्न नहुनेमा जोड दिदै आफ्नो छुटै इतिहास बोकेका जनताको सांस्कृति सभ्यताको संरक्षण गर्न प्रभावितहरुको माग पूरा गर्नुपर्नेमा जोड दिएका थिए । कम मुआब्जा दिएर जनतालाई सुकुम्बासी बनाउन खोजेको भन्दै आन्दोलनकारी जनताका मागहरु बारे प्रदेश सरकारले पनि ध्यान दिनुपर्नेमा सांसद महर्जनले जोड दिएका थिए भने सांसद नरोत्तम बैद्यले पशुपतिनाथ विकास गुरु योजनाको नाममा स्थानीय बासीहरु विस्थापित गर्न खोजेको भदै खेड प्रकट गरेका थिए । बुगमती, खोकना क्षेत्रका करिव १० हजार रोपनी उर्वरा भूमि दु्रतमार्ग, बाहिरी चक्रपथ, बागमति करिडोर, प्रेटेलियम पाइपलाइन, १३२ केभिए विद्युत प्रशारण लाईन लगायतका सरकारी परियोजनाहरुकालागि ति जग्गाहरु सस्तोमा अधिकरणको योजनामा राखेपछि स्थानीय जनता आन्दोलनमा रहेको प्रदेश सरकारलाई साँसदहरुले जानकारी एवं ध्यानाकर्षण गराएका हुन ।