भक्तपुर, जेष्ठ ९ गते
भक्तपुरमा चौथौं व्यक्तिमा कोरना संक्रमण भएको छ । भक्तपुर नगरपालिकाकाकी एक जनप्रतिनिधी नै कोरना संक्रमित भएकी हुन । जनप्रतिनिधी नै कोरना संक्रमण भएपछि समुदायमा कोरना संक्रमणको जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार साँझ जारी गरेको विज्ञप्तिमा जनाएको ४२ बर्षिय महिला भक्तपुर नगरपालिकाकी एक जनप्रतिनिधी भएको खुलेपछि भक्तपुर नगरमा कोरनाको जोखिम बढाएको छ । नगरपालिकाका विभिन्न गतिविधिहरुमा सक्रिय सहभागि रहने भक्तपुरका जनप्रतिनिधीहरु कोरना भाइरसको संक्रमण बढेपछि औपचारिक कार्यक्रमहरु आयोजना र सहभागि नजनाए पनि पछिल्लोचरणमा किसानलाई निःशुल्क धानको बीउ वितरण, विपन्नलाई राहात वितरण तथा विभिन्न सचेतनामूलक गतिविधिमा समेत उनी सक्रिय भएर लागेको स्थानीयले बताएका छन् । जनसम्पर्कमा रहेका ती जनप्रतिनिधीलाई के, कसरी र कहिलेबाट कोरना संक्रमण भयो भनेकुरा यकिन नभएपनि शुक्रवार साँझ मात्र भनपा ९ की ४२ वर्षिय महिलामा कोरना संक्रमण भएको पुष्टि भएको थियो । सो संक्रमित महिला सोही वडाकी वडा सदस्य रहेको खुले पछि सो वडामा मात्र होइन भक्तपुर नगरमा कोरनाको संक्रमण फैलिएको आसंका गरिएको छ । यद्यपी सो बारे विस्तृत जानकारी नआएकाले प्रहरीले भोलि विहानबाट मात्रै संक्रमितको घरमा सिल गर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले भनपा ९की ४२ वर्षे महिला मात्र भनेको छ विस्तृत जानकारी आएपछि उनको घर सिल र थप सुरक्षा व्यवस्था गर्ने महानगरीय प्रहरी बृत्त भक्तपुरका प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताउनु भयो ।
जनसम्पर्कमा रहेकी जनप्रतिनिधी नै संक्रमित भएपछि समुदायमा संक्रमण बढ्न सक्ने औल्याएको छ । भक्तपुर नगरपालिकाले नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र सफाई मजदुरहरुको केही दिन अगाडी देखि आडिटीबाट कोरना परिक्षण गराउनेक्रममा सोही वडाका एक जना वडा सचिव र एक जना सरफाई मजदुरमा पोजेटिभ देखिएपछि आडिटीबाट कोरना परीक्षण स्थगित गरिएको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख डाक्टर रत्नसुन्दर लासिवाले जनाएका थिए । तर पीसिआर परिक्षणमा भने दुवै जनाको कोरना नेगेटिभ आएको थियो । थप परीक्षण पीसिआरबाट नै गर्ने भन्दै स्वाव संकलन कार्य भइरहेको भक्तपुर नगरपालिका भनपा ९का वडाध्यक्ष रविन्द्र ज्याख्वले बुधबार बताएका थिए । उहाँकै वडाका जनप्रतिनिधीमा कोरना संक्रमण पुष्टि भएपछि वडाबासीहरु अचम्भित भएका छन् । आफ्नै वडामा आइपुगेछ कोरना त ! रत्ना चवालले फेसबुकमा लेखेकीछिन् । तर वडाको कुन ठाउँका कस्लाई कोरना संक्रमण भएको हो सो बारे साँझ १० बजेसम्म पनि कसैलाई जानकारी थिएन । नगरपालिकाका वडा निरिक्षक रामकृष्ण प्रजापतिलाई पनि आफ्नै वडाका जनप्रतिनिधीमा कोरना संक्रमण भएको जानकारी नभएको भन्दै थप जानकारी लिन उहाँ टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा जानकारी लिनेक्रममा थिए भने भनपा प्रमुख सुनिल प्रजापतिले आफ्ना एक जना जनप्रतिनिधीमा कोरना संक्रमण पुष्टि भएको र उनको उपचारका लागि भोलि अस्पताल पठाउने तयारी भएको जनाएको थियो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्ति शुक्रवार साँझ ८ः१५ बजेको थियो त्यसैले संक्रमित जनप्रतिनिधी घरमै रहेकि थिइन् । उनी पुर्णरुपले सामान्य छिन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणकोक्रममा मात्र उनमा पोजेटिभ आएको थियो । त्यसैले भक्तपुर नगरबासीहरुको पनि व्यापकरुपमा कोरना परीक्षण गर्न आवश्यक भएको महसुस गर्न थालेको छ । भक्तपुरको मध्यपुरथिमीकी संक्रमित २५ वर्षि नर्स र दुवाकोटस्थित २७ वर्षिय सुरक्षाकर्मी पुरुष कोरना मुक्त भए पनि भक्तपुर नगरकै योसिंखेलका ४१ बर्षिय पुरुष भने उपचारकोक्रममा रहेका छ । यस हिसावले संक्रमित जनप्रतिनिधी भक्तपुरको लागि चौथौं कोरना संक्रमित व्यक्ति भएकी छिन् । भने देशभर संक्रमितको संख्या ५१६ पुगेको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
2026-10-25 Comments Off on नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मानभक्तपुर — बागमती प्रदेश सरकारले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व...
भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
2026-10-25 Comments Off on भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको माग
भक्तपुरमा पत्रकारमाथि दुर्व्यवहार, दोषीमाथि कारबाही गर्न पत्रकार संगठनको मागभक्तपुर । भक्तपुरमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै तीन पत्रकार...
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
2026-10-25 Comments Off on व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित
व्यक्तिहरुका सीप र क्षमतालाई जनहितमा उपयोग गर्नुपर्ने – का.रोहित भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि सुरु भएको ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या...
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
2026-10-25 Comments Off on दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु
दुईदिने नेपाल भाषा साहित्य तःमुंज्या सुरु भक्तपुर । भक्तपुरमा शुक्रबारदेखि दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन)...
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
2026-10-23 Comments Off on हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली
हर्षोल्लासका साथ तःमुंज्या सम्पन्न गर्न सुकुन्दा र्याली भक्तपुर, कार्तिक ५ गते, विहीबार । जनता म्वाःसा भाषा म्वाइ अर्थात जनता बाँचे...













