यस वर्षको भूकम्प सुरक्षा दिवस, मूल समारोह भक्तपुरको बोडेमा आयोजना हुने
भक्तपुर, पुस २८ गते
यस वर्षको भूकम्पीय सुरक्षा दिवसको मूल समारोह भक्तपुर जिल्लाको मध्यपुर थिमीको बोडेमा आयोजना हुने भूकम्प सुरक्षा दिवस मूल समारोहले जानआएको छ । विक्रम सम्वत १९९० सालको महाभूकम्पको स्मृतिमा हरेक वर्ष माघ २ गते मनाउँदै आएकोे भूकम्प सुरक्षा दिवस मूल समारोह यसपालि मध्यपुर ठिमीको बोडेमा आयोजना हुने भएको हो । यसपालिको २३ औ भूकम्प सुरक्षा दिवस प्रधानमन्त्री र गृह मन्त्रीको आतिथ्यतामा भौतिक उपस्थिति भन्दा डिजिटल प्रविधिबाट भूकम्पीय सुरक्षा दिवस मनाउने तयारी गरेको छ । यस वर्षको भूकम्पीय सुरक्षा दिवसका कार्यक्रमहरु पुस २५ गते देखि सुरु भइसकेको उल्लेख गदै भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटका कार्यकारी अधिकृत सूर्यनारायण श्रेष्ठले माघ १६ गतेसम्म देशव्यापी रुपमा भूकम्पीय सुरक्षा र भवन संहिता कार्यान्वयन बारे विभिन्न जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरी मनाउने तयारी भएको बताउनु भयोे । यो दिवस मनाउन नेपाल सरकार, एनसेट, नेपाल रेडक्रस, स्थानीय तह एवं विभिन्न संघ संस्थाहरुसँगको सहकार्य हुने उल्लेख गर्दै उहाँले मुल समारोह हुने बोडेमा ३ सय जनाको सहभागितामा सन्देशमूलक समारोह मात्र आयोजना हुने बताउनु भयो । सो अवसरमा भूकम्पीय सुरक्षा, भवन संहिता, खोज तथा उद्धार सम्वन्धि विभिन्न तालिम, अन्तरक्रिया, सूचना सन्देश रेडियो टिभी तथा सञ्चार माध्यमहरुबाट प्रसारण हुने बताउनु भयो ।
भूकम्प सुरक्षा दिवस मूल समारोहले सो दिवसका कार्यक्रम र विषयवस्तु बारे जानकारी दिन आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा एनसेटका कार्यकारी अधिकृत श्रेष्ठले भूकम्प सुरक्षा दिवसका कार्यक्रमहरु बारे जानकारी दिनु भयो भने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिलाल ज्ञलालले भूकम्प प्रविधि र सुरक्षित भवन संहिता विषयमा साझा विषय बनाई कोरोना भाइरसको जोखिमका वीच डिजिटल प्रणालीबाट समुदायमा भूकम्पीय सुरक्षा बारे जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु आयोजना गर्ने बताउनु भयो । महानिर्देशक ज्ञलालले लोक कल्याणकारी सन्देशहरु सम्प्रेशन गरी यसपालिको भूकम्पी सुरक्षा दिवस भव्यरुपमा मनाउने जानकारी भइरहेको जनाउनु भयो । काठमाण्डौमा मुख्य कार्यक्रम रहे पनि देशभर जिल्ला प्रसासन कार्यालय र विभिन्न संघ संस्थाहरुको समन्वयमा भूकम्पीय सुरक्षा दिवस मनाउने उहाँले बताउनु भयो ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














