२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका कार्यक्रमहरु सार्वजनिक, मूल समारोह भव्य रुपमा मनाउन भक्तपुरका सरोकारवाला निकायहरु बीच कार्य विभाजन

भक्तपुर, पुस २३ गते

२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका कार्यक्रमहरु आज भक्तपुरमा सर्वाजनिक गरिएको छ । पुस २६ गते देखि माघ १६ गतेसम्म काठमाण्डौ उपत्यका सहित देशभर सन्देश पुग्ने गरी आयोजना गर्न तय गरेका महत्वपूर्ण कार्यक्रमहरु बारे जानकारी दिन्दै भक्तपुनगरपालिकामा बुधवार बसेको २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिको बैठकले सरोकारवाला निकायहरु बीच कार्यविभाजन समेत गरेको छ ।
१९९० सालको महाभूकम्पको स्मृतिमा हरेक वर्ष माघ २ गते मनाउने गरिएको राष्ट्यि भूकम्प दिवसलाई भव्य रुपले आयोजना गर्न बुधबार कार्यविभाजन गरिएको हो । २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिको आज बसेको बैठकले भक्तपुर नगरको दरवार क्षेत्रमा मनाइने मूल समारोहलाई व्यवस्थित र सन्देशमूलक रुपले मनाउनका लागि सरोकारवाला निकाय बीच छलफल गरी कार्य विभाजन समेत गरेको थियो । उपसमितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सो बैठकले भक्तपुर नगरपालिका, गृह मन्त्रालय, नेपाली सेना, सशत्र सेना, नेपाल प्रहरी, सरकारी कार्यालय, भूकम्प प्रविधि राष्ट्यि समाज नेपाल, नेपाल रेडक्रस सोशाईटी, नेपाल स्काउट, पत्रकार, भक्तपुर उद्योग वाणिज्य संघ, भक्तपुर नगरपालिकाले सञ्चालन गरेका ख्वप सर्कलका कलेजहरु लगायत संघ संस्थाहरुले खेल्नुपर्ने जिम्मेवारी र भूमिकाहरुको स्मरण गर्दै बादफाड समेत गरिएको थियो ।

This image has an empty alt attribute; its file name is IMG_6635-1-1024x683.jpgप्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राष्ट्यि भूकम्प सुरक्षा दिवसको सेरोफेरोमा विभिन्न संघ संस्था, स्थानीय तहहरुले गर्ने भूकम्पीय सुरक्षाका गतिविधिहरुलाई पनि मूल समारोह अन्तर्गत समन्वय र सहकार्य गरी प्रभावकारी रुपमा मनाउनुपर्नेमा जोड दिनु भयो भने भक्तपुर नगरपालिकाका मेयर एवं २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका अध्यक्ष सुनिल प्रजापतिले २०७२ सालको भूकम्पले भक्तपुर जिल्लामा सबै बढी क्षेति पुगेको भक्तपुर नगरपालिका भित्र २२ औ राष्ट्यि भूकम्प दिवस भव्यरुपमा मनाएर भक्तपुरको ऐतिहासिक र परम्परागत ज्ञानसिपलाई भविष्यमा विद्यार्थी र नयाँ पुस्तालाई अध्ययन गर्न सकिने गरी अभिलेखिकरण गर्ने उल्लेख गर्नु भयो । उहाँले पारदर्सिरुपले भक्तपुर नगरका ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण र जिर्णोद्धारका कार्यहरु भई रहेको बताउँदै त्यसलाई पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी भइरहेको बताउनु भयो । हरेक वर्ष माघ २।३ गते मात्रलाई नभई वर्ष भरी नै भूकम्पीय सुरक्षा सम्वन्धि गतिविधीहरु भइरहने र ख्वप इन्जिनियरिग र ख्वप कलेज अफ इन्जिनियरिगका विद्यार्थीहरु समेत भूकम्पीय सुरक्षा र क्षति न्यूनिकरण बारे अध्ययन गरिरहेको बताउनु भयो ।

सो अवसरमा ख्वप इन्जिनियरिग केलेजका प्राचार्य सुजन माकले कलेजले भूकम्पीय सुरक्षाका लागि गरिरहेको गतिविधिहरुको जानकारी दिन्दै हरेक वर्ष झै यस वर्ष पनि भूकम्पीय सुरक्षा, जोखिम न्यूनिकरण र प्रविधिका बारेमा गरी रहेको अध्ययन बारे जानकारी दिनु भयो । यस वर्षको भूकम्पीय सुरक्षा दिवसको अवसरमा पनि राष्ट्यि सम्मेलन र दरवार क्षेत्रमा शैक्षिक प्रर्दशनी समेत आयोजन ागर्ने बताउनु भयो । प्रार्चाय माकले यस पालिको राष्ट्यि सम्मेलनमा २६ वटा कार्य पत्रहरु प्रस्तुत हुने बताउनु भयो
छलफलमा सहभागि हुन्दै एनसेटका उपकार्यकारी निदेर्शक एवं भूकम्पविद विजयकृष्ण उपाध्ययले ऐतिहासिक नगरी भक्तपुरमा २२ औं राष्ट्यि भूकम्प सुरक्षा दिवस व्यवस्थित रुपले बनाउन सबै निकायले ठिक समयमै जिम्मेवारी पूरा गर्नुपर्ने भन्दै विगतका वर्षहरुमा गरिएको कार्यविभाजन र कार्यशैली बारे जानकारी दिनु भयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिको बैठक नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको हो ।

बैठकले सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रमुख आतिथ्यतामा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुर दरवार क्षेत्रमा २०७६ माघ २ गते बिहीबार दिनको १ः३० बजे भव्यताका साथ सम्पन्न गर्ने निर्णय ग¥यो ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को मूल समारोहअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति नेतृत्वमा लामगाल पुखु, भनपा १० बाट मध्यान्ह १२ वजेबाट ¥याली गर्ने निर्णय ग¥यो । सो स्थानमा ख्वप कलेजबाट जनचेतनामूलक नाटक प्रदर्शनी र नेपाल स्काउटबाट विपद् व्यवस्थापन सम्वन्धि विशेष प्रस्तुती रहने व्यवस्था गरेको छ ।
¥यालीमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारीहरु तथा व्यवस्थापन समितिकिा पदाधिकारीहरु, नेपाली सेना (व्यान्डसहित), महानगरीय प्रहरी परिसर (जगाति वृत्त) (व्यान्डसहित), सशस्त्र प्रहरी बल (व्यान्डसहित), भनपा बडा नं. ६ देखि १० सम्मका सबै जनप्रतिनिधिहरु, भनपाद्धारा संचालित कलेजहरु, भनपा वडा नं. ६ देखि १० सम्मका साँस्कृतिक समूहहरु, धिमे बाजा, बाँसुरी बाजा, माक प्याखँ, लाखे प्याखँ, भनपा वडा नं. ६ देखि १० सम्मका विद्यालयका स्काउट ट्रुपहरु र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहनेछ । ¥याली लामगाल पुखुबाट सुरु हुँदै नवदुर्गा – गछेें – सकोलान – दत्तात्रय – इनाचो – गोल्मदी – सुकुलढोका – त्रिपुरा सुन्दरी हुँदै दरवार क्षेत्रमा सभामा परिणत हुनेछ ।
यसैगरी भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको नेतृत्वमा भाज्या पुखुबाट मध्यान्ह १२ बजे भाज्या पुखु – इनागा – भार्वाचो – तेखापुखु – बंशगोपाल – नासमना – तालाक्व – टौमढी – क्वाछें – साकोठा हुँदै दरवार क्षेत्रमा पुगी सभामा परिणत हुनेछ । ¥याली सुरु हुनु अघि भनपा विपद व्यवस्थापन समितिबाट आगलागी नियन्त्रण सम्वन्धि प्रयोगात्मक प्रस्तुती र नेपाल रेडक्रस सोसाइटीबाट बिशेष प्रस्तुती रहनेछ । ¥यालीमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारीहरु तथा व्यवस्थापन समितिकिा पदाधिकारीहरु, नेपाली सेना (व्यान्डसहित), सशस्त्र प्रहरी बल (व्यान्डसहित), महानगरीय प्रहरी परिसर (व्यान्डसहित), भनपा बडा नं. १ देखि ५ सम्मका सबै जनप्रतिनिधिहरु, भनपा वडा नं. १ देखि ५ सम्मका सा“स्कृतिक समूहहरु धिमे बाजा, बाँसुरी बाजा, माक प्याखँ, लाखे प्याख“, भनपा वडा नं. १ देखि ५ सम्मका विद्यालयका स्काउट ट्रुपहरु, ख्वप मावि र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहने व्यवस्था बैठकले गरेको छ ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोहको सचेतना ¥यालीको दुवै रुटमा सुरक्षा निकायबाट व्यान्ड बाजा टोलीलाई सहभागी गराउन मूल समारोह समितिमार्फत नेपाल सरकार गृह मन्त्रालय र रक्षा मन्त्रालयमा अनुरोध गर्ने बैठकले निर्णय ग¥यो ।
बैठकले माघ २ गते भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भूकम्पसम्बन्धी इन्जिनियरिङ मोडल, फोटो तथा चित्रकला प्रदर्शनी हुने र ती कार्यक्रमहरुका लागि सम्वन्धित कलेजहरुलाई व्यवस्थापनको लागि जिम्मेवारी दिने निणर्य ग¥यो ।
साथै राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा मिति २०७६ माघ ३ गते, शुक्रबार विहान ९ बजे ख्वप इन्जिनियरिङ कलेजको सभाकक्ष, लिवाली, भक्तपुरमा भूकम्प इन्जिनियरिङ विषयमा राष्ट्रिय सम्मेलन हुने र कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सम्वन्धित कलेजहरुलाई नै दिने निर्णय ग¥यो ।

आज सम्पन्न राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को व्यवस्थापन उपसमितिको बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डे, भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का उपकार्यकारी अधिकृत विजयकृष्ण उपाध्याय, वीरदल गण सूर्यविनायकका शिवप्रसाद पौडेल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, नेपाल रेडक्रस सोसाइटी, कर्मचारी, पत्रकार, भक्तपुर उद्योग वाणिज्य संघ, ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।
विगतका वर्षमा झै यस वर्ष पनि पौष २५ गते पत्रकार सम्मेलन गर्ने, पौष २६ गते देखि माघ १६ गते सम्म प्रचारप्रसार उपसमितिको तर्फबाट राष्ट्यि दैनिक अखवारहरुमा भूकम्पीय जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धि लेख रचना प्रकाशन गर्ने, पौष २६ गते देखि माघ १ गतेसम्म भूकम्पीय जोखिम न्यूनिकरण, पूर्वतयारी तथा प्रतिकार्य तथा पुनर्निर्माण सम्बन्धी प्रचार प्रसार सामग्रीहरु स्थानीय तहका कार्यालयहरुमा वितरण गर्ने, पौष २८ गते देखि माघ ५ गतेसम्म आम सञ्चार माध्यमहरुबाट भूकम्पीय जोखिम, न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य, तथा पुनर्निर्माण सम्बन्धी सार्वजनिक सन्देशहरु प्रसारण गर्ने, टेलिभिजन कार्यक्रमहरुमा २२ औं भूकम्प सुरक्षा दिवस २०७६ को प्रचार प्रसार समावेश गर्ने,, रेडियो र टेलिभिजनबाट भूकम्पीय जोखिम न्यूनीकरण सम्बन्धी परिसम्बाद अन्तरक्रिया कार्यक्रमहरुको प्रसारण गर्ने, माघ २ गते २२ औं भूकम्प स’रक्षा दिवस राष्टिेय समितिका सभापति गृहमन्त्रीबाट रेडियो सन्देश र भूकम्प सुरक्षा दिवस मूल समारोह (रेडियो नेपालबाट भूकम्प सुरक्षा दिवस मूल समारोहको प्रत्यक्ष प्रसारण गर्ने रहेको छ । यस दिवसको अवसरमा नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, ख्वप सर्कलका कलेजहरुले पनि आआफ्नो क्षेत्रबाट भूकम्पीय सुरक्षा सम्बन्धि सडक नाटक, कृतिम घटना अभ्यास र शैक्षिक प्रदर्शनीहरु आयोजना गर्ने छन् । पौष १५ गते नै एनेसेटले नागरिक समाज संयोजन कार्यशाला, गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको स्थानीयकरण अभियान सञ्चालन गरिसकेको छ भने माघ २ गते काठमाण्डौ माहानगरपालिका र ललितपुर महानगरपालिकाले आआफ्नो क्षेत्रमा भूकम्प स्मृति सभा आयोजन ागर्ने छन् भन् सो दिन भक्तपुरमा व्यवस्थापन उपसमितिको तर्फबाट भक्तपुर दरवार क्षेत्रमा मूल समारोह आयोजना गर्ने भएका हुन । मूल समारोह आयोजना गर्नु पूर्व कमलविनायक लामगालबाट र भाजु पोखरी दुधपाटीबाट सचेतनामूलक र्याली गर्ने छन् । रेडियो जनसञ्चार एफ.एम.१०७.९ मेगाहर्जले पनि राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्य रुपमा मनाउन कार्य प्रचार प्रसारमा सघाउने र मुल समारोहको प्रत्यक्ष प्रशारण गर्ने छन् ।