मालपोट क्षेत्रमा प्रहरीको सिल, थप ३२ जना संक्रमित, देशभर ५४८ पुग्यो

भक्तपुर, जेष्ठ १० गते

भक्तपुरका चौथौं कोरना संक्रमित व्यक्ति बस्ने घर परिसरलाई शनिवार विहान देखि प्रहरीले सिल गरेको छ । भक्तपुर नगरपालिका वडा नम्वर ९ कि जनप्रतिनिधी समेत रहेका ४२ बर्षिया महिलामा शुक्रवार कोरना भाइरस पुष्टि भएसँगै उनी बस्दै आएको भनपा ९ मालपोट क्षेत्रलाई सिल गरिएको हो । स्वास्थ्य मन्त्रालयले शुक्रवार साँझ ८ः१५ मा मात्र भक्तपुर नगरकी ४२ वर्षिय महिलामा कोरना संक्रमण भएको पुष्टि गरेका थिए । संक्रमित महिलाको स्वास्थ्य उपचारकालागि आज विहान अस्पताल लगिएको छ भने सो वडाका अन्य जनप्रतिनिधहरु आइसोलेशनमा रहेको वडाध्यक्ष रविन्द्र ज्याख्वले बताएका छन् । संक्रमणको जोखिम थप फैलिन नदिन आफूहरु आइसोलेशनमा बसेको र अन्य जोखिम व्यवस्थापनका कार्य पनि भइरहेको उहाँले जनाएको छ ।शनिवार विहानसम्ममा थप ३२ जनामा कोरना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४८ पुगेको छ । पछिल्लाे पटक संक्रमण पुष्टि भएकामा कपिलवस्तु मा सात पुरूष र एक महिला गरी ८ जना, सर्लाहीमा १३ जना सबै पुरूष, बारामा एक महिला, काठमाडाैंमा एक पुरूष, रूपन्देहीमा ८ पुरूष, चितवनमा एक पुरूष हुनुहुन्छ ।