भक्तपुर, ११ बैशाख ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना(कोभिड १९) भाइरस संक्रमण रोकथाम र नियन्त्रणको लागि देशव्यापी लक डाउन गरेको बेला मातातिर्थ औंसी घरबाट ननिस्की सामान्यरुपमै सम्पन्न गर्ने र फलफूल र मिठाई पसलेहरुलाई विक्रि नगरिदिनु हुन भनेर अनुरोध गर्ने विषयमा गत हप्ता भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी हुमकला पा“डेको उपस्थितिमा प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो ।
सोहि अनुसार बैशाख १० गते बेलुका जनप्रतिनिधि, स्वयंसेवक र वडा निरिक्षक कर्मचारीहरु आज र भोलि पसल नखोल्न पटक पटक अनुरोध गरेको थियो भने नगरपालिकाले वडा बस्तीमा माईकिड्ड समेत गरेको थियो ।
आज मातातिर्थ औंसी र आमाको मुख हेर्ने घरमै बसेर मनाउन अनुरोध गरेको हो र फलफूल पसलेहरुलाई पसल नखोल्न अनुरोध पनि गर्यो । त्यसरी पटक पटक अनुरोध गर्दा पनि अटेर भई पसल संचालन गरेको दुधपाटीमा फलफूल पसल बन्द गरायो । भुला“चामा तराजु र फलफूल क्रेट जफत गरियो, जगातीमा तराजु र खाली क्रेट जफत गरियो ।
त्यस्तै महालक्ष्मी ज्याख्वपाटी आगाडिको फलफूल पसल अटेर भई खोलेको सुन्तला हाप क्रेट, कमलबिनायकमा फलफुल पसल खोलिराखेको पटक पटक बन्द गर्न अनुरोध गर्दा पनि नगरेकोले सुन्तला, मेवा जफत गरियो भने कमलबिनाकय बसपार्कमा रहेको फलफूल पसलमा पनि सुन्तला जफत गरियो । त्यस्तै मुलढोका, ला“न्चाफल्चामा पसल बन्द गरायो । च्याम्हासिंहमा साईकल, गाडामा फलफूल राखी धुमन्ते तरिकाले बेचेको फलफूल सहितको दुई वटा साइकल जफत गरिएकोे वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।














