मथिनपाका मेयर प्रमुख श्रेष्ठसम्मानित
मध्यपुर, चैत्र ७ गते
प्रधानमन्त्री के पि शर्मा ओलीले बाट गत आर्थिक वर्षमा वातावरण , संस्कृती र पर्यटन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ । नेपाल नगरपालिका संघले ३२ औं स्थापना दिवसको उपलक्ष्यमा मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ द्वारा प्रमुख श्रेष्ठलाई सम्मान गरेको हो । बागमती प्रदेश मै मध्यपुर नगरपालिकालाई उत्कृष्ट नगरपालिका भएको भन्दै सम्मानित भएको हो । नगरपालिका संघले देश भर ४ वटा विद्यामा ४ नगरपालिकालाई सम्मान गरेको छ ।जसमध्ये मध्यपुर थिमी नगरपालिकाले आर्थिक बर्ष २०८०र ८१ मा वातावरण , संस्कृती र पर्यटन क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेको भन्दै मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार २०८१ प्राप्त गरेको हो । मध्यपुर थिमी नगरपालिकाले संस्कृति सम्पदा संरक्षण गर्दै नगरभित्रका विभिन्न ऐतिहासिक मठमन्दिर, पाटी पौवा,सटल, देव घर, चैत्य ,विहार लगाएतका सम्पदा पुनर्निमाण तथा जिर्णोद्धार कार्यलाई निरन्तरण दिदै आएको छ । यस्तै पर्यटन विकासका निम्ती विभिन्न समयमा मेला महोत्वस गदै केही समय अगाडीमात्रै मध्यपुर महोत्सव गर्र्दै पर्यटन क्षेत्र विकासमा महोत्वपुर्ण योगदान गरेको छ । भने पहिरो रोकथामका निम्ती निलबाराही क्षेत्रमा तीन हजार विरुवा बृक्षारोण गरेको थियो । भने सडक सरसफाइ तथा मनोहरा क्षेत्रको पर्यवरण संरक्षण गर्दै आएका विषयलाई आधार बनाएर संघले मूल्यांकन गरि सम्मान गरेको मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













